सन्तोष पुर्कुटी। भदौ २९, ताप्लेजुङ। साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोष पुर्कुटी। भदौ २९, ताप्लेजुङ। साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचार–प्रसारको पर्खाइमा

२०७४, २९ भाद्र बिहीबार १०:२०


सन्तोष पुर्कुटी। भदौ २९, ताप्लेजुङ। साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प्लास्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् । 

झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई-तीन दिन सम्मको पैदल यात्रापछि पुगिने तिम्बुङ पोखरी सम्मको यात्रा धेरै कठिन झैँ लाग्छ । तर एक पटक पुगेपछि फेरि जाउँ जाउँ लाग्ने, पुगेर उतै रहुँजस्तो लाग्ने धार्मिक, जैविक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरीमा वर्षेनी साउनदेखि असोज महिनासम्म आन्तरिक पर्यटकको लर्को लाग्ने गर्छ । मुलुकका थुप्रै सिमसारमध्ये तिम्बुङ पोखरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाअन्तर्गत साबिकको कालीखोला गाविसमा पर्ने धार्मिक एवं सास्कृतिक महत्व बोकेको क्षेत्र हो । 

उक्त पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै गरी आवाज आउने गरेको बताइन्छ । समाजसेवी गजेन्द्रप्रसाद तुम्याहाङले लिम्बू भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको बताउनुभयो । उहाँका अनुसार ते भनेको बन्दुक र बुङ भनेको पड्किएको आवाज भन्ने बुझिन्छ । केहीले भने लिम्बू भाषामा तिम्बु भनेको टिलपिल भरिएको भन्ने अर्थ रहेकाले तिम्बुङ पोखरी नामाकरण भएको पनि बताउने गरेका छन् । 

वर्षौं पहिले अङ्ग्रेजले भारतमा शासन गर्दा पोखरीमा बहुमूल्य धातु हुन सक्ने भन्दै तल्लो भागबाट कुलेसो बनाएर पानी फाल्दा त्यहीँ मृत्यु भएको जनश्रुति पनि छ । उक्त पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुने स्थानीयवासीको विश्वास रहेको पाइन्छ । अर्कातिर पोखरीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भए÷गरेका पापबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ । चार हजार ४८१ मिटरको उचाइमा रहेको पोखरी ४६६ मिटर उत्तर–दक्षिण लम्बाइ र १४५ मिटर पूर्व–पश्चिम चौडाइ रहेको जानकार बताउँछन् । 

पहाडको टाकुरामा रहेको यो पोखरीलाई जति हेरे पनि हेरिरहुँ लाग्ने गरेको सिरिजङ्घा निवासी मोहन भट्टराईले बताउनुहुन्छ । मनसुनी समयमा प्राकृतिक सौन्दर्यमा रमाउन चाहने धेरै मानिस वर्षेनी यो पोखरीमा पुगेर फर्किन्छन् । वर्षेनी नागपञ्चमी र जनै पूर्णिमाको दिन भने निकै भीड लाग्ने गरेको छ । हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गइसकेपछि ठाउँ ठाउँमा ढकमक्क फुलेका हिमाली फूलले मन नै फुरुङ्ग भएर आउँछ । 

हिमाली क्षेत्रमा पाइने विभिन्न प्रकारका फूलले अनकन्टार डाँडाकाँडाको स्वरुप नै बदलिएको पाइन्छ भने चट्टानको थुप्रोभित्र छङ्छङ् आवाजमा बग्ने स–साना खोल्सीको आवाजले छुट्टै आनन्द प्रदान गर्छ । विश्व संरक्षित सूचीमा रहेको रेड पाण्डा, बहुमूल्य जडीबुटी क्याञ्जो, पाँचऔँले, विखमा, पदमचाल, चिराइते, यार्सागुम्बा, कुड्की, बुढो ओखती लगायतका जडीबुटी पनि यही क्षेत्रमा पाइन्छ । फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, चौँरीको दूध र गोठालासँग गोठमै बास बस्नुको मज्जा बिर्सन सकिँदैन । ठूलो समूहमा बास बस्दा आफैँ खाना पकाएर खानुपर्छ, नत्र एक÷दुईजना गए गोठाला आफैँले पनि खाना पकाइदिन्छन् । 

यो पोखरीमा पुग्नलाई पाँचथर वा ताप्लेजुङका दुईवटा फरक रुट रहेका छन् । जताबाट गए पनि दुईदेखि तीन दिनसम्मको पैदल यात्रा गर्नुपर्छ । 

पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरिजङ्घास्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ । यो पोखरीको आसपासमा अरू पनि स–साना थुप्रै पोखरी रहेका छन् । हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयूर पोखरी, नीर पोखरी लगायतका दर्जनौँ पोखरी रहेका छन् । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जेलिङ लगायतका ठाउँसमेत देख्न सकिन्छ । 

प्रचार–प्रसारको खाँचो 


तिम्बुङ पोखरी पर्यटकीय दृष्टिकोणले प्रशस्त सम्भावना बोकेको क्षेत्र भए पनि यसको संरक्षण र प्रचार–प्रसारको भने खाँचो रहेको छ । धार्मिक क्षेत्रका रुपमा समेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचार–प्रसार गर्न सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने स्थानीयवासीको भनाइ छ । 

सिरिजङ्घा–७ खेवाङका उमापति दाहालले यस क्षेत्रका बारेमा कमैलाई मात्र जानकारी भएको भन्दै सबैले मिलेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । भारतको सीमा क्षेत्रमा रहेको तिम्बुङ पोखरी जैविक विविधताले भरिपूर्ण रहे पनि यसको संरक्षणमा हालसम्म कसैले चासो नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन् । बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने क्षेत्र भएकाले पनि राज्यले विशेष ध्यान दिन आवश्यक भएकामा स्थानीयवासीको जोड छ । रासस (फाइल ….)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला