१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानवमीका दिन ५०० वर्ष पुरानो तलेजु खुल्ने

९ आश्विन २०७४, सोमबार २०:२४

असोज १०, काठमाडौँ (रासस)| यस वर्ष पनि बडादशैँको महानवमीका दिन हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गर्न सर्वसाधारणका लागि खुला गरिने भएको छ । 

मल्ल राजाको शक्तिको स्रोतको केन्द्र तथा वज्रयान र तन्त्रयान तथा काठमाडौँका त्यसबेलाको नेवार समुदायको पहिचान झल्काउने तलेजु भवानीको दर्शन गर्न नवमीका दिन ठूलो भीड लाग्ने गर्छ । प्रत्येक वर्ष महानवमीका दिन मात्र खुला रहने सो मन्दिरमा भवानीको दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय क्लबले व्यवस्थापन गर्ने हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक अरुणा नकर्मीले जानकारी दिनुभयो । विसं २०७२ को भूकम्पपछि पनि महानवमीका दिन सर्वसाधारणलाई दुर्गा भवानीको दर्शन गर्न रोक लगाइएन । 

फूलपातीका दिन बिहान ७ः३० बजेको साइतमा दुर्गा भवानीलाई मूलचोकमा ल्याइने र विजयादशमीका दिन फेरि माथि लगिने परम्परा छ । हनुमानढोकाको त्रिशूल चोकमा रहेको तलेजु मन्दिर काठमाडौँ उपत्यकाको नै विशाल मन्दिर हो । बाह्र आधार पेटीमाथि तीनतले छानाको शैलीमा निर्माण गरिएको सो मन्दिर विसं १५६४ मा राजा महीन्द्र मल्लका समयमा बनाइएको मानिन्छ । 

मन्दिरमा रहेका आधार पेटीका ससाना १६ मन्दिर पनि भूकम्पबाट क्षतिग्रस्त भएको थियो । कला तथा संस्कृतिमा आशक्त मल्ल राजाको अनुपम नमूनाका रुपमा रहेको तलेजु मन्दिरमा अरू ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ । यसका लागि कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहेको प्रमुख नकर्मीले जानकारी दिनुभयो । 

नकर्मीका अनुसार छाना छाउने कामबाहेक मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । यसको पुनःनिर्माण हनुमानढोका सङ्ग्रहालय विकास समिति र पुरातत्व विभागले संयुक्त रुपमा गरिरहेका छन् । दशैँका बेला दशैँघर, मूलचोक तथा तलेजु भवानीको मन्दिरमा पूजा हुने परम्परा छ । राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती भित्र्याउने चलन पनि शुरु भएको सो अड्डाले जनाएको छ । त्यस्तै गोरखाली सेनाको प्रतीक गुरुजुको पल्टन पनि हालसम्म देख्न पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह