२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवन्त संग्रहालय हनुमानढोका दरबार क्षेत्र, कुमारी र काष्टमण्डप

२०७४, २ मंसिर शनिबार ०३:४७

– गौतमबुद्ध बज्राचार्य  | मङ्सिर २, काठमाडौँ | काठमाडौँको मुटुमा रहेको हनुमानढोका दरबार क्षेत्र हजारौँ वर्षअघिको नेवारी कला र संस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि जीवन्त संग्रहालयका रुपमा रहेको छ । 

पूर्वमा महाँकाल, संकटा तथा भद्रकाली मन्दिर, पश्चिममा काष्ठमण्डप तथा मरुहिटी, दक्षिणमा जैशीदेवल तथा उत्तरमा सेतो मच्छिन्द्रनाथको मन्दिर रहेको सो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र पनि हो । यही क्षेत्रमा विश्व प्रसिद्ध ‘जीवित देवी’ कुमारी पनि छिन् । 

वर्षेनी इन्द्रजात्रा तथा सेतो मच्छिन्द्रनाथको रथयात्रा तथा बाह्रवर्षे पचलीभैरव जात्रा पनि यहीँ हुन्छ । हजारौँ वर्षदेखि पाहाँ चह्रे, म्हःपूजा, सकिमिला पुन्ही, योमरी पुन्हीजस्ता जात्रा तथा पर्व मनाउँदै आएका कला, धर्म, संस्कृतिका धनी नेवार समुदायको बाक्लो बस्ती पनि यहीँ छ । 

विसं २०७२ को ‘गोरखा भूकम्प’पछि पनि यस क्षेत्रमा पर्यटकको आकर्षणमा कुनै कमी आएको छैन । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका पर्यटकको संख्यामा केही कमी देखिए पनि सार्क बाहिरका तेस्रो मुलुकका पर्यटकको आकर्षण धेरै रहेको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदय पसखल श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार कुमारीसहित हनुमानढोका दरबार क्षेत्रको अवलोकनका लागि दैनिक ६२९ देखि बढीमा ९३० पर्यटक आउने गर्छन् । त्यसरी अवलोकनका लागि आउने पर्यटकमा फ्रान्स, जर्मनी, इटालीजस्ता तेस्रो मुलुकका पर्यटक बढी छन् । 

काठमाडौँ महानगरपालिकाको परियोजनाअन्तर्गत काम सञ्चालन भइरहेको सो कार्यालयले हनुमानढोका वरिपरि अवलोकनका लागि आउने तेस्रो मुलुकका विदेशीका लागि प्रतिव्यक्ति रु एक हजार तथा सार्क क्षेत्रका लागि प्रतिव्यक्ति रु १५० लिने गरेको छ । 

कुमारी 

पर्यटकको आकर्षणको केन्द्र वसन्तपुरमा रहेको कुमारी पनि हो । नेपालमा कुमारीको पूजा १७ औँ शताब्दीदेखि शुरु भएको अनुमान गरिएको छ । काठमाडौँका अन्तिम राजा जयप्रकाश मल्ल र तलेजु भवानीबीच पासा खेलिरहेका बेला राजा जयप्रकाशकी रानीले देखेपछि तलेजु भवानी त्यहाँबाट अलप भएको र त्यसपछि तलेजु भवानीले सपनामा राजालाई अबदेखि वर्षमा एक पटक मात्र दर्शन दिनसक्ने बताएको किंवदन्ती छ । शाक्य वंशकी छोरीलाई कुमारी बनाई रथजात्रा चलाउनू भन्ने तलेजु भवानीको आग्रहअनुसार राजा जयप्रकाशले कुमारी जात्राको प्रचलन चलाएको इतिहास छ । कुमारी घरका प्रमुख गौतम शाक्यले कुमारी घरमा कुमारीको दर्शन गर्न दैनिक औसत १०० भन्दा बढी पर्यटक आउने गरेको जानकारी दिनुभयो । 

दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख श्रेष्ठले कला, संस्कृति तथा जात्रा पर्वले भरिएको दरबार क्षेत्र स्वदेशी तथा विदेशी अध्ययनकर्ताका लागि खुला संग्रहालय भएको विचार व्यक्त गर्नुभयो । लिच्छवि र मल्ल राजाको शासनकालमा विकास भएका विभिन्न जात्रा तथा पाहाँचह्रे, सिथी नखः, सकिमिला पुन्ही, योमरी पुन्ही, म्हपूजाजस्ता नेवारको मौलिक संस्कृतिले अद्यापि मुलुकलाई चिनाइरहेको उहाँको धारणा छ ।“देशको नै धर्म, कला तथा संस्कृतिको प्रतीक काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा पाइन्छ”, उहाँले थप्नुभयो । 

काष्ठमण्डप 

दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख श्रेष्ठले कामपाको परियोजनाअन्तर्गत पुरातत्व विभागबाट काष्ठमण्डप र माजु देगः जीर्णोद्वार गर्न स्वीकृति प्राप्त भइसकेको जानकारी दिनुभयो । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण रु १९ करोडको लागतमा सम्पन्न गरिने छ । काष्ठमण्डप पुनःनिर्माण अमानतमा गर्ने कि कामपाले गर्ने भन्ने निर्णय हालसम्म भइनसकेको र अमानतबाट जीर्णोद्धार गरिए कामपाको नेतृत्वमा हुने श्रेष्ठले स्पष्ट गर्नुभयो । 

काष्ठमण्डप लिच्छविकालमा सातौँ शताब्दीमा निर्माण भएको हालसालै भेटिएको छ । एउटै काठबाट निर्माण भएको भनिएको काष्ठमण्डपलाई नेवारी भाषामा ‘मरु सतः’ भनिन्छ । ‘मरु सतः’को निर्माणपछि बाँकी रहेको काठबाट ‘सिँल्यँ सतः’को निर्माण भएको इतिहासकार बताउँछन् । 

माजु देगःको जीर्णोद्धारका लागि भर्खरै पुरातत्व विभागबाट स्वीकृति प्राप्त भएकाले अन्य आवश्यक प्रक्रिया चाँडै थालनी हुने बताइएको छ । उक्त मन्दिर १७औँ शताब्दीमा निर्माण भएको हो । त्यस्तै नौतले दरबारको पुनःनिर्माण जनवादी गणतन्त्र चीन सरकारले गरिरहेको छ । उक्त दरबार राजा पृथ्वीनारायण शाहले विसं १७७९ मा निर्माण गरेका हुन् । 

हनुमानढोका दरबार क्षेत्रको अवलोकनका लागि आउनुभएका म्याग्दीका कृष्णदास खड्काले सानो क्षेत्र भए पनि हनुमानढोका वरिपरि देशलाई चिनाउने थुप्रै स्मारक रहेको र यसलाई जोगाइराख्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो । “हनुमानढोका क्षेत्रको अवलोकनबाट आनन्दको अनुभूति हुन्छ । यसलाई आगामी पुस्ताले पनि देख्ने अवसर पाउनुपर्छ” उहाँ भन्नुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला