2026-08-27 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा तत्कालिन माओवादीले यसरी मारेका थिए ‘हर्क वहादुर राई’

मंसिर ७, खोटाङ । बि: स २०५८ साल माघ ३ गते जाडोको महिना विहानी सिरेटोको प्रवाह नगरी जन्तेढुंगा गाउँपालिका साविक चिसापानी वडा नम्बर आठमा अवस्थित चिसापानी उच्च माध्यमिक विद्धालयमा विहानी कक्षा सकेर डेरा फर्कदै गर्दा चिसापानी गाविस साविक वडा नं. ७ का क्याम्पस प्राचार्य हर्क बहादुर राईलाई तत्कालिन माओवादी लडाकुहरुले अपरहरण गरे । 

गोपाल किरातीले नेतृत्व गरेको खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा माओवादी पार्टीमा मर्ज भएको तीन महिनामै शिक्षक राई अपहरणमा परेका थिए ।

डेरा पुग्छु भनेर हतार–हतारमा वढिरहेका राईका पाईलाहरु मुक्ति मोर्चावाट २०५८ कार्तिक २८/२९/३० को अधिवेशनवाट माओवादी पार्टीमा मर्ज भएका माओवादीका लडाकुहरुले मोडिदियो । उता, राईको निजि निवास साविक चिसापानी ७ मा तत्कालिन माओवादी लडाकुहरु जित वहादुर राईका टोली प्राचार्य राईका परिवारलाई डर, धम्की देखाउन घरमा खटेका थिए । 

परिवारलाई मानशिक तथा शाररिक पिडा दिदैं गर्दा अपहरणमा परेका राईलाई काहुलेको होङमापोखरीमा माओवादी लडाकुहरु रामकुमार राई (पासाङ), राजन मण्डेला लगायतका टोलीले विभत्स हत्या गरी सकेको थियो । हत्या सकेपछि घरमा अलमलाउने टोली पनि निस्कीसकेका थिए । 

२००७ सालमा जन्मेका राईलाई ५१ वर्षको उमेरमा विभत्स हत्या गरिएको निर्दोष लाशमाथी संस्कृत भाषाको परिक्षा लिने वाहुनवादी र भ्रष्टचारीलाई भगाउन सहयोग गरेको भन्दै माओवादीका तिनै हत्यामा संलग्न टोलीहरुले नारावाजी गर्दै खुशियाली मनाएको अपहरणमा मारिएका राईका छोरी अर्चना राईले बताईन् । “उहाँ समाजसेवी भावनाका हुनुहुन्थ्यो माओवादीले, शैक्षिक संस्थामा संस्कृत भाषा परिक्षा लिएको भन्दै मार्ने चेतावनी दिंदा शिक्षकहरु जगदिशराज नेपाल, रेवतीरमण कोइराला विद्धालय छोडेर भागे ।

शैक्षिक संस्था वन्द हुनु हुन्न भनेर विद्धालयलाई निरन्तर सञ्चालन गर्दा मेरो वुवाको हत्या भयो । ललितपुरस्थित गोठभञ्ज्याङ माविमा कार्यरत शिक्षिका अर्चनाले भावविव्हल मुद्रामा सुनाईन् । उनले भनिन, “अवका दिनमा जस्तै बज्रपात पनि हाम्रा लागि त्यो सामान्य हुनेछ । जुन दिन मेरा आमालाई विधुही बनाईयोे, हामीलाई टुहुरो बनाईयो । तर, आज त्यही मान्छे हाम्रै वरीपरी  घुमिरहेको देखेका छौ ।”

श्रीमानको हत्या भएको कहाली लाग्दो घट्नाले उनकी श्रीमती भरतमाया राईलाई अझै पिरोल्ने गरेको छ । माओवादीका सिपाही हुं भन्नेहरुले मेरो श्रीमानको नरसंहार ग¥र्यो । काठमाण्डौ काँडाघारीमा अस्थायी डेरा लिएर बस्नुभएका भरतमायाले भनिन् “आज त्यही हत्यामा संलग्न मान्छे जनप्रतिनिधि हुन खोज्दैछन् ।” मजस्तै कयौ श्रीमतीहरुको सिउँदो खाली वनाएका छन् ।   

भरतमाया श्रीमानको हत्या भएपछि एक छोराका साथमा राजधानीमा वसोवास गरिरहेकी छन् । तीन छोरी, एक छोराका आमा गाउँमा एक्लै भएको तथा पुरानो घट्नाले पिडा वल्झीरहने हुनाले काठमाण्डौ राखिएको जेठी छोरी अर्चनाले बताईन् । 

काम विशेषले मात्रै गाउँ जाने गरेका छौ । उनले सुनाईन् । परिवारकै सल्लाहमा २०६८ वाट ‘हर्क वहादुर राई स्मृती प्रतिष्ठान’ समेत सुरु भएको छ । प्रतिष्ठानले सामाजिक कार्यमा सहयोग गर्दै आएको प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र राईले बताउनुभयो । 

राईको चिसापानी उच्च माविमा २०७२ मा शालिक प्रतिस्थापना गरिएको छ । शालिक वर्तमान प्रधानमन्त्री शेरवहादुर देउवाले अनावरण गर्नुभएको हो । माओवादीले हत्या गरेका राईका परिवारले राज्यवाट पाउनुपर्ने १० लाख क्षतिपुर्ती पाएका छन । राज्यले अहिलेसम्म शहिद घोषणा गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’