2026-10-06 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रचारप्रसार अभावमा पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा

इलाम, २३ माघ | पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ । 

पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको कमी तथा पर्यटन सूचना केन्द्रको अभाव, सुरक्षा चुनौतीलगायतका कारण सो पर्यटकीयस्थल ओझेलमा परेको हो । 

रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन । समुद्री सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो । 

सगरमाथा, कञ्चनजंघालगायतका हिमशृंखला तथा पूर्वका १४ वटा जिल्ला एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्योदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । 

विगतका वर्षमा यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाइ हुने गरेको भएपनि फिदिमबाट राँके–रवि सडक हुँदै करिब छ घण्टाको सवारी यात्रापछि लिम्बाको लेकगाउँ पुगिन्छ । करिब तीन घण्टाको पैदल यात्रापछि मिक्लाजुङ डाँडा पुगिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिने भएकाले यहाँ पाँचथर, इलाम, मोरङ, झापा, भारतको सिक्किम, सिलिगुढीलगायतका स्थानबाट समेत घुम्न पर्यटक आउने गरेका छन् । 

चौबीसै घण्टा शीतल हावा बहिरहने मिक्लाजुङ पुगेपछि जोकोही त्यहाँको भौगोलिक अवस्था एवं दृष्यावलोकनबाट लोभिन्छन् । स्थानीयवासी बेविन्द्र माखिमका अनुसार वर्षात्को समय होस् वा हिउँद्मा, वरिपरिका क्षेत्रमा हुस्सु, कुहिरो लाग्दा समेत केही प्रभाव पर्दैन । यहाँ सूर्याेदय अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ । “यो पदयात्राका लागिसमेत महत्वपूर्ण पर्यटकीय गन्तव्य हो” माखिमले भन्नुभयो । 

मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित प्राचीन एवं ऐतिहासिक धार्मिकस्थल ‘चमेरे ओढार’ पुग्न सकिन्छ । धार्मिक किम्बदन्तीअनुसार पाण्डव गुप्तवास जाँदा आफ्ना हतियार महादेवलाई पुकार्दा उहाँकै आज्ञाले एउटा ठूलो ढुंगा शक्तिबाट चारकोठा भई भित्रभित्रै भर्योङसमेत बन्न गई त्यही ढुंगाको ओढारमा आफ्नो हातहतियार राखेका थिए । 

हातहतियार राखेर बाहिरपट्टि एउटा मुर्दा झुण्डयाई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्न गएको भन्ने जनविश्वास रहिआएको छ । उक्त ठाउँ अहिले चमेरे ओढारका नामले परिचित छ । भू–धरातलको विकटता र मौसम प्रतिकूलताका कारणले पर्यटकीयस्थल र देवस्थलको दृष्टिकोणले स्थानीय बासिन्दा र छिमेकी जिल्लाका बासिन्दाका लागि परिचित हुँदाहुँदै पनि सो स्थल ओझेलमा रहेको छ । 

यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरुंगीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ । 

पर्यटन विकासका लागि गुरुयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सूचना केन्द्र स्थापनालगायतका कार्यक्रम अगाडि बढाउन आवश्यक छ । यहाँको पर्यटन विकासका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुहुन्छ मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली । 

“पर्यटकीय सम्भावना छ, तर राज्यको लगानी खासै नहुँदा अझै पनि फस्टाउन सकेको छैन” उहाँले भन्नुभयो, “यसका लागि स्थानीय सरकारको लगानी जरुरी छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै