2026-08-26 10:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

प्याराग्लाइडिङबाट पर्यटक आकर्षित

फागुन १०, इनरुवा | सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । 

पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन् । 

मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उडान भर्ने गरेका छन् । पोखरामा हुने गरेको प्याराग्लाइडिङको विकल्पका रुपमा धरान रहेको प्याराग्लाइडर मणिकुमार जिमीको भनाइ छ । 

धरानको मौसम र भौगोलिक अवस्थालाई हेर्ने हो भने प्याराग्लाइडिङका लागि पाइलटलाई उपयुक्त रहेको छ । धरान वरिपरिका चिन्डे डाँडा, गोर्खा पार्क, भेडेटारलगायतका स्थानबाट सहजैरुपमा उडान भर्न सकिने अवस्था रहेको प्याराग्लाइडर क्षितिज बटाजोले बताउनुभयो । 

विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिएको छ । स्थानीय निकाय र सरकारले यसको प्रचार र आवश्यक भौतिक सुविधाको व्यवस्था गरे यो साहसिक खेलले धरानको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बुढा सुब्बा प्याराग्लाइडिङ प्रालि धरानका सञ्चालक लेखमणि जिमीले बताउनुभयो । 

पर्यटन प्रवद्र्धन भन्ने बित्तिकै मठमन्दिर घुमाउने योजना बनाउने धरानको स्थानीय सरकारलगायत सम्बन्धित निकायले प्याराग्लाइडिङको व्यावसायिक विकासका लागि पनि योजना बनाउन आवश्यक छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग