2026-08-26 05:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण तयारी पुरा

चिसाङ शेर्पा/चैत्र १४, खोटाङ | पर्यटन प्रवर्धनका लागि खोटाङमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । दिक्तेल बजारको दक्षिण पश्चिममा अवस्थित कालिका भगवती मन्दिर परिसर ब्यवस्थित र धर्मशाला निर्माणका लागि ‘धार्मिक तथा पर्यटकीय महोत्सव’ नाम राखी सप्ताह ज्ञान महायज्ञ गरिन लागिएको हो ।

सम्पुर्ण खोटाङवासी आयोजक रहने ‘धार्मिक तथा पर्यटकीय महोत्सव’ विहीवार बिहान सदरमुकाम दिक्तेलबजारको रत्नपार्कबाट विभिन्न भेषभूषा, झाँकीसहित कलश यात्रागरी कालिका भगवती मन्दिर मझुवामा पुगेर शुरु हुनेछ ।

कार्यक्रममा नेपालका प्रथम ऐतिहासिक जगद्गुरु मोहन शरण देवाचार्य महाराजश्रीको आशिर्वचन, विद्धान विदुर प्रसाद पौडेलबाट कालित्व र कालिका भगवतीको महत्व, पूर्वाञ्चलका अतिप्रसिद्ध भागवताचार्य विद्धान पण्डित मधुसुदन घिमिरेको संयोजकत्व रहने सप्ताह ज्ञान महायज्ञमा ११ जना खोटाङगे पण्डितको उपस्थिती रहने मूल आयोजक समिति महासचिव छत्रकुमार वजिमयले बताए ।

चैत्र १५ देखी २३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, देविभागवत पाठ पारायण, चण्डी, लघु रुद्री, लक्षगायात्री, सामुहिक ब्रतबन्ध, दैनिक हवन, लक्षवर्तिका प्रज्वलन हुनेछ । 

कार्यक्रमको प्रत्येक दिन दान दातालाई प्रशंसापत्र वितरण र अन्तिम दिन आयव्यय सार्वजनिक गरिने मूल आयोजक समितिले जनाएको छ ।   

दिक्तेलबजारको उच्च भागमा रहेको कालिका भगवती मन्दिरलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरिने कार्यक्रमका लागि शसस्त्र प्रहरी बल हलेसी गुल्म र निर्माण व्यवसायी संघ खोटाङले पानीको ब्यवस्थापन गर्ने भएको छ । यसैबिच कार्यक्रमको तयारी पुरा भएको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग