२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा पर्यटकीयस्थलको प्रवद्र्धनका लागि चैत २९ देखि सडक महोत्सव

२५ चैत्र २०७४, आईतवार ०४:२५

चैत २५, मंगलबारे, इलाम | पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरको पर्यटन विकासमा सघाउ पुर्याउने उद्देश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ । 

दोस्रो सूर्योदय सडक महोत्सव मूल आयोजक समितिले आउँदो चैत २९, ३० र वैशाख १ र २ गते आयोजना गर्ने शनिबार सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको हो । 

आयोजक समितिका सचिव युवराज प्रधानका अनुसार यो वर्षको महोत्सवमा डेढ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । महोत्सवमा विभिन्न जातजातिका खानाका परिकार, स्थानीयस्तरमा उत्पादित कृषिजन्यउपज, घरेल उद्योगबाट उत्पादित वस्तु तथा व्यावसायिक कक्षसहित १०० वटा कक्ष रहने आयोजक समितिले जनाएको छ । 

यस्तै महोत्सवलाई भव्य बनाउन चारैदिन राष्ट्रियस्तरका कलाकार नवीन के भट्टराई, इन्दिरा जोशीसहित विभिन्न ब्याण्डले सांगीतिक प्रस्तुति दिने आयोजक समितिका अध्यक्ष अभिषेक श्रेष्ठले बताउनुभयो । महोत्सवले सूर्योदय नगरक्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थल कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, पञ्चकन्या मन्दिर, लेप्चा गुम्बा, पशुपतिनगर क्षेत्रको पर्यटन प्रवद्र्धन हुने त्यस क्षेत्रको पर्यटन विकासमा सघाउ पुग्ने विश्वास आयोजकले लिएको छ । 


महोत्सवमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुनेछ । 

यसै क्रममा महोत्सवकै अवसर पारेर फिक्कलमा इलाम जिल्लाभरको पर्यटकीयस्थलको जानकारी दिनेगरी पर्यटकीय सूचना केन्द्रको पनि स्थापना गर्ने बताइएको छ । 

सूर्योदय नगर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएको तथा सडक महोत्सवलाई निरन्तरता दिन आयोजक सूर्योदय होटल व्यवसायी संघले महोत्सवको आयोजना गरेको सचिव युवराज प्रधानको भनाइ छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु