२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा पर्यटकीयस्थलको प्रवद्र्धनका लागि चैत २९ देखि सडक महोत्सव

२०७४, २५ चैत्र आईतवार ०४:२५

चैत २५, मंगलबारे, इलाम | पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरको पर्यटन विकासमा सघाउ पुर्याउने उद्देश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ । 

दोस्रो सूर्योदय सडक महोत्सव मूल आयोजक समितिले आउँदो चैत २९, ३० र वैशाख १ र २ गते आयोजना गर्ने शनिबार सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको हो । 

आयोजक समितिका सचिव युवराज प्रधानका अनुसार यो वर्षको महोत्सवमा डेढ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । महोत्सवमा विभिन्न जातजातिका खानाका परिकार, स्थानीयस्तरमा उत्पादित कृषिजन्यउपज, घरेल उद्योगबाट उत्पादित वस्तु तथा व्यावसायिक कक्षसहित १०० वटा कक्ष रहने आयोजक समितिले जनाएको छ । 

यस्तै महोत्सवलाई भव्य बनाउन चारैदिन राष्ट्रियस्तरका कलाकार नवीन के भट्टराई, इन्दिरा जोशीसहित विभिन्न ब्याण्डले सांगीतिक प्रस्तुति दिने आयोजक समितिका अध्यक्ष अभिषेक श्रेष्ठले बताउनुभयो । महोत्सवले सूर्योदय नगरक्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थल कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, पञ्चकन्या मन्दिर, लेप्चा गुम्बा, पशुपतिनगर क्षेत्रको पर्यटन प्रवद्र्धन हुने त्यस क्षेत्रको पर्यटन विकासमा सघाउ पुग्ने विश्वास आयोजकले लिएको छ । 


महोत्सवमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुनेछ । 

यसै क्रममा महोत्सवकै अवसर पारेर फिक्कलमा इलाम जिल्लाभरको पर्यटकीयस्थलको जानकारी दिनेगरी पर्यटकीय सूचना केन्द्रको पनि स्थापना गर्ने बताइएको छ । 

सूर्योदय नगर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएको तथा सडक महोत्सवलाई निरन्तरता दिन आयोजक सूर्योदय होटल व्यवसायी संघले महोत्सवको आयोजना गरेको सचिव युवराज प्रधानको भनाइ छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश