2026-10-26 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

रारामा प्यारा ग्लाइडिङ्ग उडान अन्य क्षेत्रको भन्दा सहज

नन्द बहादुर रोकाया/बैशाख ६ मुगु | रारामा प्यारा ग्लाइडिङ्ग उडान शुरु गरिएको छ ।

 समुन्द्री सतह देखि ३ हजार ६ सय मिटर उचाईमा रहेको मुर्माटपबाट पहिलो पटक सफलरुपमा प्यारा ग्लाइडिङ्ग गरिएको हो । रारा तालको छेउमा रहेको मुर्माटप बाट प्यारा ग्लाईडिङ्ग उडान गरेका पाईलट सानो बाबु सुनुवारले रारामा प्यारा ग्लाइडिङ्ग उडान गर्न अन्य क्षेत्रको भन्दा सहज भएको बताएका छन । वैशाख  १ गते प्रधानमन्त्रि केपी शर्मा ओलिले उद्घाटन गरेको रारा कर्णाली पर्यटन बर्ष २०७५ को दिन प्यारा ग्लाईडिङ्ग  उडान गरेका पाईलट सुनुवारले  नेपालको ४६ जिल्लामा उडान गरेको अनुभवम सुनाउदै गर्दा अन्य जिल्लाको तुलानामा  राराको मुर्मा टप बाट जस्तो उडान गर्न सहज अन्य जिल्ला नभएको बताउनुभयो । 

१३ बर्ष देखि देश तथा विदेशमा प्यारा ग्लाइडिङ्ग उडान गदै आएका पाईलेट सुनुवारले अन्य क्षेत्रको तुलानामा राराको मुर्माटप बाट प्यारा ग्लाइडिङ्ग उडान गर्दा परक अनुभुति भएको बताए । बिदेशी मुलुकका २३ र नेपालका ४६ जिल्लमा प्यारा ग्लाइडिङ्ग उडान गरेको  र अन्य क्षेत्रमा प्यारा ग्लाइडिङ्ग उडान गर्दा समिति क्षेत्र देखिने गरेका भएपनी राराको मुर्माटपबाट प्यारा ग्लाइडिङ्ग उडान गर्दा चारै तिरका अग्ला अग्ला हिमाल तथा हिम शिखरको मनोरम दृश्य देखन पाईने भएकाले रारामा प्यारा ग्लाइडिङ्ग उडान गर्दा बैग्लै आन्दन आउने सुनुवारको भनाई छ ।

राराको मुर्माटपबाट प्यारा ग्लाइडिङ्ग मार्फतनै ५० किलोमिटर सिधामा रहेका जिल्लामा पुग्न सकिने भएकाले । 

मुर्माटपबाट यातायातको रुपमा पनी प्यारा ग्लाइडिङ्गको प्रगोग गर्न सकिने उहाँको भनाई छ । राराको मुर्माटपबाट प्यारा ग्लाइडिङ्ग उडान गदै ४५ मिनेटमा हुम्ला र २५ मिनेटमा जुम्ला सम्म पुग्न सक्ने समेत सकिने छ । रारा अवोलकन गर्न आउने पर्यटकहरुले राराको आन्नद लिदै प्यारा ग्लाइडिङ्गम उडेर चारै तिरका दृश्य अवोलकन गर्न मिल्ने भएकाले यो ब्यबसाय संञ्चालन गरी थप पर्यटक भित्रीने सम्भावना प्रचुर रहेको छ । 

बेरोजागार युवाले बिदेशिनु भन्दा केहि रकम लगानी गरी यस्तो ब्याबसाय थालनि गरे आम्दानि पनी हुने र आन्तरिक तथा बाह्य पर्यटक पनी बढ्ने बताईएको छ । तर रारामा प्यारा ग्लाइडिङ्ग उडानगर्न आफैमा भौगौलिक चुनौती र राराको मुर्माटपमा तिन किसिमको हावा चल्छ बिहान दिउँस र बेलुका फरक फरक कोणबाट हावा चल्ने भएकाले केहि चुनौति पनी रहेकाले परिपक्क पाईलेट बाहेक अन्य पाईलेटले प्यारा ग्लाइडिङ्ग उडान गरे खतरा पनी हुन सक्ने भएकाले परिपक्क पाईलेटले मात्र प्यारा ग्लाइडिङ्ग उडानगर्न सक्ने सुनुवारले बताउनुभयो ।रारामा प्यारा ग्लाइडिङ्ग उडान गर्नको लागी कम्तिमा २५ महिना प्यारा ग्लाइडिङ्ग उडान सम्बिन्ध तालीम प्राप्त पाईलेटले मा उडान गर्न सक्ने भएकाले परिपक्क नभएका पाईलट लाई भने भौगिलक चुनौति रहेको छ ।

नेपालका सात वटा प्रदेशको तुलानामा कर्णाली प्रदेशलाई समृद्धी बनाउन रारामा नियमित रुपमा प्यारा ग्लाइडिङ्ग उडान गर्ने ब्याबस्था मिलाईनु पर्ने युवा पर्यटन ब्याबसायि देविकृष्ण रोकायाले बताउनुभयो । रारामा भौतिक पुर्वधाराको ब्याबसथा गरी प्यारा ग्लाइडिङ्ग उडान गराएमा पोखरा पछीको प्यारा ग्लाईडिङ्गमा व्यस्त स्थान रारा हुन सक्ने उहाँको भनाई छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने