२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

२०७५, १६ बैशाख आईतवार ०८:१४

प्रकाश धौलाकोटी | वैशाख १६, तेह्रथुम (रासस) | जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन् । 

ह्यातुङ पनि भनिने तीनसय ६५ मिटर अग्लो उक्त झरनाको अस्तित्व खतरामा परेको विषयमा विभिन्न समयमा चर्चा हुने गरेपनि झरनाको संरक्षणमा सम्बन्धित निकायको ध्यान पुगेको छैन । झरनाको अस्तित्व नै वर्षेनी पानी सुकेर संकटमा पर्दै गएको छ । हिउँद लागेपछि झरनामा पानी सुकेको फेदाप गाउँपालिका–४ का वडाध्यक्ष नवीन चोङ्वाङले बताउनुभयो । 

झरना आसपासमा रहेको अलैँची बगानमा सिँचाइका लागि स्थानीयवासीले पानी लगेपछि झरना पानीविहीन बनेको हो । झरनामा पानी ल्याएर लगाउने विषयमा छलफल भइरहेको वडाध्यक्ष चोङ्वाङले बताउनुभयो । “झरना पूर्णरुपमा सुकिहाल्ने अवस्था त हैन, तर आसपासमा सिँचाइका लागि पानी लगिएपछि अहिले झरनामा पानी खसेको छैन”, उहाँले भन्नुभयो । दक्षिण एशियाकै आकर्षक र अग्लो यो झरनामा आवश्यक पूर्वाधार विकास र प्रचारप्रसारमा लगानी गर्न राज्यले उदासीनता देखाउँदा अस्तित्व नै मेटिने खतरा बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । 

झरनाको अवलोकन र भ्रमणका लागि झरनामा पुग्दा पानी पूर्णरुपमा सुकेको देखेपछि आफू चकित परेको फेदाप गाउँपालिका–२, ओयाक्जुङका दीपक थाम्देनले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँबाट साथीहरु आएका थिए, घुमाउन झरनासम्म लिएर पुगेँ, तर पानी नै थिएन ।” झरनाको संरक्षणमा लाग्नुपर्ने स्थानीयवासीले नै अलिअलि भएको पानी पनि कुलोमार्फत सिँचाइका लागि लगेपछि झरना पानीविहीन बनेको उहाँले बताउनुभयो ।

झरनाको संरक्षण गरेर प्रचारप्रसार गर्न सके यहाँसम्म पर्यटकको ओहोरदोहोर बढ्न सक्ने सम्भावना उच्च छ । तर त्यसतर्फ कसैले पनि ध्यान नदिएको स्थानीयवासी गुनासो गर्छन् । “अहिलेलाई झरनाबाट आम्दानी केही छैन, त्यसले पनि स्थानीयवासीले झरनाको संरचनामा चासो देखाएका छैनन्”, वडाध्यक्ष चोङ्वाङले भन्नुभयो । उहाँले झरना संरक्षणका लागि स्थानीयवासीमा चेतनाको अभाव रहेको बताउनुभयो । 

झरना आसपास रहेको बस्तीमा होमस्टे सञ्चालनको सम्भावना उच्च छ । त्यसका लागि आवश्यक तालीम, छलफल र होमस्टे सञ्चालनका लागि आवश्यक पूर्व तयारीमा लाग्न छलफल शुरु भएको छ । तर झरनाको संरक्षण हुन नसक्दा हिउँद लागेसँगै क्रमशः झरनामा पानीको मात्रा पूर्णरुपमा सुकेको वडाध्यक्ष चोङ्वाङले बताउनुभयो । 

अधिकार सम्पन्न भनिएको स्थानीय सरकार गठन भएको यतिका महिना बिते पनि फेदाप गाउँपालिकाले झरनाको संरक्षणका लागि ठोस कदम चाल्न सकेको छैन । झरनाको विकासका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष हरि चोङ्वाङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँपालिकाले पर्यटनतर्फको ठूलो बजेट झरनाका लागि छुट्याएको छ, झरनामा पानी लगाएर भए पनि खसाल्ने र पर्यटक आकर्षित गर्ने योजना छ”, उहाँले भन्नुभयो । स्थानीयवासीमा चेतना अभावका कारण झरनाको रेखदेख र संरक्षणमा ध्यान नपुगेको भन्दै गाउँपालिका अध्यक्ष चोङ्वाङले त्यसका लागि गाउँपालिकाले पहल गर्ने बताउनुभयो । 

गाउँपालिकाले झरनाको विकासका लागि छुट्याएको बजेट खर्च भएको छैन । तर झरना भने पानीविहीन भएको छ । उपभोक्ता समिति गठन गरेर काम गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । झरनामा पानी खसालेर आवश्यक पूर्वाधार निर्माण गर्नेतर्फ योजना बनिरहेको अध्यक्ष चोङ्वाङले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश