2026-09-19 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी उत्कृष्ट पर्यटकीय गन्तव्य: सह–महामन्त्री महत

जेठ ६, खोटाङ (रासस) | नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले हलेसीलाई एसियाकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–७ स्थित किराँत समुदायको ऐतिहासिकस्थल तुवाचुङ जायजुममा सामूहिक चुलो पूजा एवं साकेला नाच कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले हिन्दू, किराँत र बौद्ध धर्मालम्बीको धार्मिकस्थलका रुपमा हलेसीको प्रचारप्रसार गरेर उत्कष्ट गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने औँल्याउनुभयो । 

नेता महतले हलेसीको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण एवं गुरुयोजना कार्यान्वयनमा जोड दिनुभयो । किराँत समुदायको उद्गम थलो मानिने तुवाचुङ जायजुमलाई पनि पर्यटकीय क्षेत्रकारुपमा विकास गर्दै आर्थिक समृद्धि प्राप्त गर्न सकिने उहाँको भनाइ थियो । तुवाचुङ जायजुममा संसारभरका किराँत समुदायलाई ल्याउने वातावरण बनाउन महतले सुझाव दिनुभयो । 

तुवाचुङ जायजुममा ११ समूहले विभिन्न प्रकृतिका साकेला शिली प्रदर्शनी गरेका थिए । उक्त स्थानमा किराँती सभ्यताका आदिम पूर्खाहरु तयामा, खियामा र रैछाकुलेको प्रतीमा प्रतिस्थापन गरिसकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई