2026-10-30 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

धरानमा तीनदिने इष्ट ट्रिजम मार्ट हुने

जेठ २२, इटहरी | प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । 

नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा काठमाडाँै बाहिर पहिलो पटक प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (व्यापार मेला) को आयोजना हुन लागेको सोमबार जानकारी दिइएको हो । 

धरान–१० स्थित सैनिक भवन परिशरमा हुने मार्टमा होटल व्यवसायी, ट्राभल एजेन्सीका ५० वटा तथा प्रदेश १ का १४ जिल्लासहित सप्तरी र धनुषाका समेत गरी जम्मा ६१ वटा पर्यटनसँग सम्बन्धित स्टल रहने धरानमा सोमबार गरिएको पत्रकार सम्मेलनमा मार्ट संयोजक तथा पर्यटनकर्मी भवेश श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार मार्टमा पूर्वका विभिन्न होटल व्यवसायी तथा ट्राभल एजेन्सीका आफ्ना विभिन्न प्याकेजसहित ५० वटा स्टल रहने छ । त्यस्तै, प्रदेश १ को १४ जिल्लाका प्रत्येक जिल्लाले आफ्नो जिल्लामा भएको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा अन्य विभिन्न पर्यटकीयस्थलको स्टल राखेर प्रचार गर्नेछन् । 

यसैगरी, धनुषाको जनकपुरधाम र सप्तरीको सखडा भगवतीको पनि एक÷एक वटा स्टल रहनेछन् । साथै, मार्टमा टुर अपरेटर, होटल व्यवसायी र गन्तव्यका समितिले आ–आफ्नो उत्पादनलाई आकर्षक तरिकाले प्रस्तुत गर्नेछन् । 

साथै, छिमेकी मुलुक भारतका विहार, बंगाल, सिक्किम र भुटानका ७० जना र काठमाडौँ, चीन र बंगलादेशका ३० जना गरी १०० जना पर्यटन व्यवसायीलाई मार्टको अवलोकन गर्न आउनका लागि निमन्त्रणा गरिएको संयोजक श्रेष्ठले बताउनुभयो । यसबाट उनीहरुलाई प्याकेज किन्नका लागि आकर्षित गराइने समेत उहाँले बताउनुभयो । 

यसका लागि भारतको पूर्णिया, कटियार, किशनगञ्ज, सिलीगुडी, गान्तोक र भुटानको जयगाउँ पुगेर मार्टको प्रचार गरिएको समेत उहाँले जानकारी दिनुभयो । 

एक नम्बर प्रदेशका १४ जिल्लाको विभिन्न पर्यटकीय गन्तव्यको एकै थलोमा प्रदर्शनी र त्यसका लागि प्राप्त हुने सेवा सुविधाको बिक्री तथा पर्यटनको क्षेत्रमा यहाँका निजी क्षेत्रले मार्टमा आफ्नो सेवा प्याकेजको आकर्षक ढंगले प्रस्तुति गर्नका लागि मार्टको आयोजना गरिएको मार्टका प्रवक्ता तथा पर्यटन व्यवासायी वासुदेव बरालले बताउनुभयो । 

कार्यक्रम अवधिभर क्रेता र विक्रेताबीच ‘बि टु बि’ –विजिनेश टु विजिनेश) मिटिङसमेत हुने आयोजकले जनाएका छन् । मार्टमा सहभागी नयाँ काम गरिरहेका पर्यटनकर्मीलाई थप ऊर्जा प्रदान गर्नका लागि विभिन्न पर्यटन अभियन्ताले प्रवचनसमेत दिने कार्यक्रम रहेको प्रवक्ता बरालले बताउनुभयो । 

उहाँका अनुसार पर्यटनका अभियन्ता भारतका राजु बसु, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, पर्यटनविज्ञ राज ज्ञवालीले व्यवसायीलाई उत्प्रेरणा जगाउनका लागि पर्यटनसम्बन्धी प्रवचन दिनु हुनेछ । कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ