२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

शिकारीहरुका लागि खुल्यो ढोरपाटन आरक्ष, एउटा शिकार गर्दा ९ लाखसम्म तिर्नुपर्ने

२०७५, १२ आश्विन शुक्रबार ०६:२०

तारानाथ आचार्य | असोज १२, बलेवा | विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको शिकार गर्न खुला भएको हो । 

पहिलो समय ९असोज–मङ्सिरका लागि १० नाउर र छ झारलको शिकार हुनेछ । सिकारका लागि शिकार कम्पनीले एउटा नाउरको बढीमा रु १२ लाख पाँच हजार र एउटा झारलको रु नौ लाख २० हजार राजश्व विभागलाई बुझाएका छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको बोलपत्र प्रक्रियाबाट चार कम्पनीले शिकारी पठाउने जिम्मा पाएकामा हालसम्म तीन कम्पनीले विभागसँग सम्झौता गरी १० जना शिकारीलाई शिकारका लागि आरक्षमा पठाउन लागेको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख अणनाथ बरालले जानकारी दिनुभयो । 

विभागले बोलपत्र प्रक्रियामार्फत शिकार कम्पनी छनोट गरेर शिकार गराउने गर्दछ । बरालका अनुसार अहिलेको समयमा प्रतिनाउर शिकार गरेको रु दुई लाखदेखि १२ लाख पाँच हजार र प्रतिझारल शिकार गरेको रु एक लाखदेखि रु नौ लाख २० हजारमा बोलपत्र स्वीकृत भएको छ । 

विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकार गर्नका लागि अमेरिका, रसिया, स्पेनलगायतका मुलुकका शिकारी आउने गर्दछन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी आउने गरेको शिकार आरक्ष कार्यालयको भनाइ छ । 

सरकारले विसं २०४२ मा शिकार आरक्ष स्थापना गरेपछि विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो । विश्वमा वैधानिक रूपमा शिकार गर्न पाइने सयौँ शिकार आरक्ष भए पनि विश्वमा प्रख्यात शिकारीले नेपालको ढोरपाटन शिकार आरक्ष मुख्य गन्तव्यको रुपमा लिने गरेका छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक वर्ष दुई पटक ९असोज–मङ्सिर० र ९माघ–वैशाख०मा विभिन्न शिकार एजेन्सीमार्फत ढोरपाटन शिकार आरक्षमा शिकार गर्नका लागि नाउर र झारलको कोटा निर्धारण गरी कोटाअनुसार विभिन्न ‘हन्टिङ एजेन्सी’मार्फत टेण्टर प्रक्रियाबाट शिकार गराउँदै आएको छ । 

पन्ध्र दिनको शिकार अनुमतिसहित शिकार गर्न आउने पर्यटकले पानी पिउने बेला, साँझ, बिहान, खाने वस्तुको प्रयोग गरेर वा शारीरिक सम्पर्क भएका बेलाबाहेक अन्य समयमा आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा भोले नाउर वा झारलको मात्र शिकार गर्न पाउनेछन् । 

भौगोलिक विकटताका कारण शिकारी हेलिकप्टर चार्टर गरेरै शिकार क्षेत्रमा आउने गरेको शिकारीसँगै खटिने आरक्षका सिनियर गेमस्काउट वीरबहादुर थापाले बताउनुभयो । जङ्गली जनावरमध्ये नाउर र झारल चलाख हुने भएकाले पनि शिकार गर्न अति कठिन हुने गरेको शिकारी बताउँछन् । 

हतियार, गोली र क्यामेरा विदेशबाटै लिएर आउने शिकारीले हतियार र गोलीअनुसार अनुमति दिएपछि मात्र शिकार आरक्षमा प्रवेश गर्न पाउने कानूनी प्रावधान छ । स्कटल्याण्डबाट शिकार खेल्न आएका सिमरोन के वारले ढोरपाटनमा शिकार गर्न पाउनु गौरवको विषय भएको बताउनुहुन्छ । 

धेरैले शिकार गर्न नसकी रित्तो हात फर्कनुपर्ने अवस्था रहन्छ । शिकार गर्न सफल शिकारीले नाउर वा झारलको टाउको आफ्नो मुलुकमा लैजान पाउनेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा