2026-09-08 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटक लोभ्याउँदै राइनासकोट होमस्टे

असोज १२, बेँसीशहर | भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोटका घर पुनःनिर्माण गरिएपछि पर्यटकको मुख्य गन्तव्य बनेको छ । 

पुनःनिर्माण गरिएका १४ घरमा घरबास पर्यटन सञ्चालन गरिएको छ । सबै घरबासमा गरी एक दिनमा ४५ जनासम्म पर्यटक राख्ने क्षमता रहेको घरबास सञ्चालक खड्कबहादुर गुरुङले बताउनुभयो । 

हरेक घरमा तीनदेखि पाँच कोठा छन् । प्रत्यक घरमा शौचालय, नुहाउने कोठा, धारा तथा पानी ट्याङ्की निर्माण गरिएको छ । “दैनिक ५०÷६० को हाराहारीमा पर्यटक आउने घरबासमा अर्गानिक खानाका परिकारसँगै स्थानीय खसी तथा कुखुराको मासु खुवाउने गरिन्छ ।” 

उहाँले भन्नुभयो, “राइनासकोट र यहाँका एउटै डिजाइनका घर नै पर्यटकको आकर्षण बनेको छ । पर्यटक यही सुन्दरताले लोभिने गरेका छन् । प्राकृतिक सौन्दर्यताले र मानवनिर्मित घरले पर्यटक आगमन बढिरहेको छ ।” 

भूकम्प प्रतिरोधात्मक घर एउटै डिजाइनमा निर्माण गरिएको छ । ग्रामीण जनजीवनसँग जोडिएर सुविधा सम्पन्न तथा पौराणिक शैलीको मौलिकता झल्कने घर बनाइएको छ । पछिल्ला दिन घरबासमा बस्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्न थालेको छ भने ऐतिहासिक स्थलको प्रचार–प्रसारका साथै आयआजनका लागि समेत स्थानीय बासिन्दा आकर्षित भएका छन् । 

विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक तथा धार्मिक महत्व बोकेको राइनासकोटमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै घरबास शुरु गरिएको थियो । नातासाको रु दुई करोड ७५ लाख, स्थानीयवासीको रु ७५ हजार गरी कूल तीन करोड ५० लाखको लागतमा एक सामुदायिक भवन, एक सङ्ग्राहलय र १४ घर निर्माण गरिएको थियो । 

:: होमस्टे सञ्चालन गरिएको राइनासकोट । राइनास नगरपालिका -९ स्थित राइनासकोटलाई भूकम्पपछि पुनःनिर्माण गरी होमस्टे सञ्चालन गरिएको हो । तस्वीर: समुन्द्रा घिमिरे, रासस, लमजुङ

राइनासकोटबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ«ेका साथै धवलागिरिजस्ता हिमालको एकसाथ अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । सूर्योदयको अवलोकन गर्न सकिने एक हजार ८०० मिटर उचाइको यहाँबाट कास्की, तनहुँ, गोरखा, चितवन, धादिङ, नवलपरासीलगायतका १६ जिल्ला एकसाथ देख्न सकिने स्थानीय समाजसेवी पूर्णबहादुर गुरुङले बताउनुभयो । पुराना घरलाई पौराणिक महत्व झल्काउन पहिलेकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ भने गुरुङ जातिको बस्ती रहेको उक्त गाउँमा स्थानीयको कला, संस्कृतिलाई जोगाउन सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । 

ऐतिहासिक राइनासकोट किल्लासहित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढीलगायतका ऐतिहासिक सम्पदा जीर्ण अवस्थामा रहेका छन् । राइनासकोट संरक्षणका लागि नगरपालिका र गण्डकी प्रदेशबाट बजेट विनियोजन गरिएको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताउनुभयो । भक्ति पार्क निर्माणका लागि नगरपालिकाबाट रु १८ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । 

नेपालका बाइसेचौबिसे राज्यकालमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर हुँदै दूघपोखरीमार्ग र त्यहाँबाट झण्डै २० मिनेटको सिँढी उक्लनुपर्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल