2026-09-08 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

रारा तालमा पद यात्रा तथा सरसफाई अभियान हुँदै

मङ्सिर ७, काठमाडौं । रारा तालमा आर्ट समिट ट्राभल तथा होटेल हिलसाइड कालिकोटको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम गरिने भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा आर्ट समिट ट्राभल्स एण्ड टुर्स प्रालिले पत्रकार सम्मेलन गरेर सो जनकारी दिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा समापन गरिने कार्यक्रम ‘हाम्रो नेपाल नेपालीलाई चिनाऔँ ’ भन्ने मूल नाराका साथ यही मंसिर १४ गते हुने भएको छ । सस्तो तथा शुलभ खर्चमा काठमाडौं देखि रारा तथा पुन राराबाट काठमाडौंसम्मको जम्मा १६ हजार ५ सय रुपैयाँमा ७ दिने भ्रमण गर्न सकिने आयोजकले जनाएको छ ।

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको ठुलो र प्रसिद्ध तालमा गर्न लागिएको अभियान विशेष गरी पर्यटकीय क्षेत्रको प्रबद्र्वन गर्ने उद्देश्य रहेको आर्ट समिट ट्राभल्स प्रालिका प्रवन्धनिर्देशक सोमबहादुर तामाङ्गले बताए । साथै सो कार्यक्रको मेडिया पर्टनरका रुपमा संवाद डबली प्रेस क्लब, अनलाइन डबली डटकम तथा बीज पटी डटकम रहेको पनि तामाङले बताए ।

यो ताल समुद्र सतह देखि २,९७२ मिटर उचाईंमा रहेको छ । मुगु जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करीब ३ घण्टाको पैदलयात्रा पछि राराताल पुगिन्छ ।

१०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ ।

प्रकृतिको उपहारको रूपमा सिर्जित रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली र कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले थप शोभा पुर्याएका छन् ।

यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो ताल नेपालकै सान र गौरब हो । धेरैले तालको नाममात्रै सुनेका छन् । हेर्ने अबसर पाएका छैनन् । 

आम नेपालीहरुले एक पटक रारा पुग्नै पर्ने भए पनि भौगोलिक कठिनाईसँगै योजनावद्ध रुपमा रारा पुग्ने वातावरण नभएकोले चाहेर पनि जान सकिएको छैन ।

तर ‘आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालि’ ले विगत २ वर्षदेखि योजनाबद्ध रुपमा ‘राराताल भ्रमण’ सुलभ दरमा गराउंदै आएको छ ।

उसले यही मंसिर १४ गते प्रस्थान गरि ६ रात ७ दिनको लागि नेपालीलाई सस्तोमा रारा ताल घुमाउनुका साथै रारा पदमार्ग सरसफाई पनि गर्दैछ ।

आन्तरिक एवं बाह्यपर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएको र त्यसको सफाई नगरिए राराको सौन्दर्य बिग्रिने खतरा बढेका कारण सो कार्यक्रममा १५ वटा डस्वीन ३ सय देखि ५ सयको दुरीका राख्ने प्रवन्धनिर्देशक सोमबहादुर तामाङ्गले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल