२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकको मुख्य आकर्षण केन्द्र बन्दै ‘सत्खलुवा होमस्टे’

२०७५, १७ पुष मंगलवार ०९:३१

 पुस १७, बाँके काशीराम शर्मा (रासस) |  बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको ताललाई संरक्षण गर्न थालिएसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । 

पर्यटक आवागमन बढ्न थालेसँगै खैरेनीका स्थानीयवासीले ‘सत्खलुवा होमस्टे’ सञ्चालनमा ल्याएका छन् । पर्यटकको गाँस, बाँस व्यवस्थित र सहज बनाउन होमस्टे सञ्चालनमा ल्याइएको सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुनिल चापागाई बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “खुला चरिचरनको रुपमा रहेको ताल संरक्षण गरेसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । उहाँहरुको बसाईलाई व्यवस्थित गर्न होमस्टे सञ्चालनमा ल्याएका हौँ ।” पूर्वपश्चिम राजमार्गको बैदी चोकदेखि चार किलोमिटर उत्तरपूर्वमा पर्ने उक्त ताल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छ । 

ताल संरक्षणमा स्थानीयको सक्रियतासँगै अहिले त्यहाँ घुम्न जाने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । “अझ हिउँदे मौसममा पिकनिक टोलीको निकै भीड छ, ताल घुम्न र पिकनिकका लागि दैनिक पाँच÷छ वटा टोली आइरहेका छन्, कुनै टोली त बाँस बस्ने गरी आउन थालेकाले हामीले होमस्टेमै बास बसाल्ने गरेका छौँ’, अध्यक्ष चापागाईले भन्नुभयो । 

मानव बस्तीबाट मुस्किलले ३०० मिटर टाढाको तालमा सजिलैसँग विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न सकिन्छ । दैनिक मेलापातमै बिताउने स्थानीय आजभोलि पाहुनाको स्वागत र सत्कारमा बिताउँदै आएका छन् । 

ताल र चराको अवलोकन गर्न आउने पर्यटकको व्यवस्थापनका लागि स्थानीयले दुई वर्षदेखि होमस्टे सञ्चालन गरेपछि उनीहरुको दैनिकी बदलिएको छ भने स्वरोजगारसमेत बढेको छ । खैरेनीमा अहिले १० होमस्टे सञ्चालनमा छन् । 

लोपोन्मुख दुर्लभ वन्यजन्तुको अवलोकन गर्न आउने पर्यटकलाई उनीहरुले हार्दिकतापूर्वक स्वागत गर्दै आफ्नै होमस्टेमा खानपिन र बसोबाससँगै विविध सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिँदै आएका छन् । होमस्टेले स्थानीयको जीविकोपार्जनमा टेवा पुर्याउनुका साथै पर्यटकलाई घुमफिरपछि सहजरुपमा बाँस बस्ने व्यवस्था गरिएको होमस्टे सञ्चालक सुरेश आचार्यले बताउनुभयो । 

थारू बाहुल्य क्षेत्र भए पनि सबै जातजातिको बसोबास रहेको खैरेनीमा आ–आफ्नो मौलिक वेषभूषामा सजिएर पाहुनालाई सत्कार गर्ने र मौलिक थारू नृत्यु, खैजडीमा भजनदेखि देउडासम्ममा गीत गाएर मनोरञ्जन दिने गरिन्छ । 

अध्यक्ष आचार्य भन्नुहुन्छ, “ताल संरक्षणसँग जोडिएका कामले तालमात्रै होइन, थारूलगायत अन्य समुदायका संस्कृतिको संरक्षणसमेत भइरहेको छ ।” जिल्लाकै दोस्रो ठूलो जैविक विविधतापूर्ण खैरेनीमा थारु समुदायका ४ र बाहुन क्षेत्री समुदायका ६ होमस्टे सञ्चालनमा रहेका छन् । होमस्टेमा शौचालय, स्नानघर र आरामदायी सुत्ने कोठाको ब्यवस्था छ । होमस्टे उपसमितिका अनुसार एक वर्षमा करिब १ हजार ५०० आन्तरिक पर्यटक ताल घुम्न पुगे । होमस्टेमा एकरातको रु ८०० तिरेर बस्न सकिन्छ । 

ताल घुम्न आउने कतिपय पर्यटक होटलमा बस्नुभन्दा गाउँकै सफा र रमणीय पारिवारिक वातावरणमा खान र बस्न रुचाउँछन् । त्यस्ता पर्यटकलाई होमस्टे सेवाले आकर्षित गरेको होमस्टे सञ्चालक आचार्यले बताउनुभयो । “विगतमा तालबाट माछा मारेर सीमित व्यक्तिले आन्दानी गर्दै आए पनि ताल संरक्षणपछि भने गाउँकै आम्दानीको स्रोत बनेको छ”, आचार्यले भन्नुभयो । 

तालमा चैत–वैशाखमा जङ्गली जनावर तिर्खा मेट्न आउँछन् । कूल ६० बिघा क्षेत्रफलमा फैलिएको तालमा संसारबाट लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ । ताललाई सरकारी क्षेत्रबाट संरक्षित क्षेत्रको रुपमा घोषणा गनुपर्ने स्थानीयको माग छ । 

खाद्य उत्पादनको भण्डारमै खाद्यान्न अपुग 

खाद्य उत्पादनको भण्डारका रूपमा हेरिएको बाँके जिल्लामा यतिबेला खाद्यान्नकै अभाव देखिएको छ । बाँकेमा अहिले एक हजार ७६७ मेट्रिक टन खाद्यान्नको अभाव देखिएको छ । कूल ४६ हजार ६६३ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ तर, बाँकेमा यस वर्ष ४४ हजार ८९६ मेट्रिक टनमात्रै खाद्यान्न उत्पादन भएको छ । 

गत वर्षसम्म ९८ हजार ९९९ मेट्रिक टन खाद्यान्न उत्पादन हुँदै आएकोमा यस वर्ष उत्पादन आधा घटेको तथ्याङ्कले देखाएको छ । बाँकेले अहिले आफ्नै जिल्लामा रहेका नागरिकलाई समेत खाद्यान्न उत्पादन गर्न सकेको छैन । 

यसले पनि बाँकेका नागरिक खाद्यान्नमा आत्मनिर्भर बन्न नसकेको उक्त तथ्याङ्कले देखाएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको योजना तथा अनुगमन महाशाखाका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिनुभयो । बाँकेसँगै जोडिएको बर्दियामा खाद्यान्न उत्पादनमा राम्रो देखिएको छ जसमा कूल चार लाख ५० हजार ४७० जनसङ्ख्या छ । जसमा कूल एक लाख ४३ हजार २२८ मेट्रिक टन खाद्यान्न उत्पादन हुँदै आएको छ । बर्दियाले आफूलाई चाहिने खाद्यान्न परिपूर्ति गरी अन्य जिल्लामा पनि निर्यात गर्दै आएको छ । 

कूल ६१ हजार ६९३ मेट्रिक टन खाद्यान्न अन्य जिल्लामा निर्यात गर्ने गरेको मन्त्रालयको तथ्याङ्क छ । खाद्यान्न उत्पादनमा कमजोर देखिएको बाँके जिल्लालाई योजना छनोटमा प्राथमिकता राखेर मन्त्रालयले कार्य अघि बढाउने तयारी गरेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार प्रदेश नं ५ मा प्यूठान, बाँके, रोल्पा र नवलपरासी खाद्यान्न उत्पादनमा कमजोर देखिएका छन् । बाँकेमा कृषि ज्ञान केन्द्रसमेत स्थापना गरिएको छ । जसले उक्त क्षेत्रको थप उत्पादकत्व वृद्धिको लागि कार्य गर्ने मन्त्रालयको योजना रहेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला