2026-07-07 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटन बर्ष २०२० लाई लक्षितगरी रारामा डुंगा थप्दै

2019-07-30

दान बहादुर बुढा | साउन १४, मुगु | नेपालको ठूलो मुगु जिल्लामा रहेको ताल रारामा पछिल्लो समयमा पर्यटनको आर्कषण बढेसंगै नेपाल सरकारले देश ब्यापीपरुपमा २०२०लाई पर्यटन बर्ष मनाउने लक्ष्य पुरा गर्नको लागी  रारा तालमा हिलो आज धमाधम  नयाँ डुंगा  थपिदै छन ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुको आर्थिक सहयोगमा २ वटा नयाँ ल्याएको छ भने एक लडमा १५ जना भन्दा बढी जना यात्रुलाई  यात्रा गर्न सकिर्ने यो बर्षमात्र डुंगा चालक र यात्रुलाई सुरक्षाको लागी १० बटा हेल्मेड,१०बटा प्याड,३० जना लाई प्रयोगहुने लाईफ जाकेट,  २ सोड सामान र नयाँ २  डुंगा  सहित रारा ताल सम्मको ढुवानि खरिद सहित २४ लाख रुपैया मूल्य बराबरको सामानको मुल्य रहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले बताएका छन ।

भण्डारीका अनुसार केन्द्रीय सरकार ,प्रदेश सरकार ,स्थानिय सरकारले रारामा बिभिन्न थरिका कार्यक्रम, दिवस घोषण गरेपनि घोषणमा नै सिमित राखेका छन । रारा ताल बाहेक रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागी बासबस्ने राम्रो स्थान ,पदमार्ग, सुचान केन्द्र, सन्चार,बिद्युत लगाएत अन्य पुर्बाधारको ब्याबस्था गर्न नसकेको हुदाँ रारा घुम्न आउर्ने पर्यटकलाई निकै गाह्रो भईरहेको छ । रारामा घुम्न नेपाल सरकारका मन्त्री देखी उच्च पदसम्मका कर्मचारीहरु आउदा निकै ठूला गहकिला कुरा गर्छन रारा बाट र्फकेर गएपछि रारालाई भुल्ने गरेका छन ।जस्तो रारा छ, त्यस्तै  छ आफ्नो स्तरबाट केही गरौ भने पनि निकै गाह्रोहुने बताएका छन । 

उद्योग पर्यटन बन बातावरण मन्त्रालय कर्णाली प्रदेश सरकार डिभिजन बन कार्यालय मुगु बाट २ बटा डुंगा  ४ बटा पाईडल गरी १६ लाख ७० हजार मुल्य परेको पछिल्लो समयमा रारामा आन्तरिक तथा बाह्य  पर्यटकहरुको संख्या बढे पछि  डुंगा चढेर मनोरन्जन गरि फिर्ता जाने पर्यटकको गुनासो बढेको र नेपाल सरकारको लक्ष्य अनुसार पर्यटन बर्ष २०२० घोषणा मा पर्यटकको संख्या रारामा बिर्दी गर्ने उदेश्यले रारामा उद्योग पर्यटन बन बातावरण मन्त्रालय कणाली प्रदेश सरकारले २ नयाँ डुंगा ल्याएका  डिभिजन बन कार्यालय मुगुका प्रमुख भरत बुढथापाले बताएका छन ।

रारामा रहेका २ वटा पुराना डुंगा २ नयाँ रारा राष्ट्रिय निकुञ्ज बाट  २ वटा नयाँ डुंगा उद्योग पर्यटन बन बातावरण मन्त्रालय कणाली प्रदेश सरकार डिभिजन बन कार्यालय मुगु बाट २ गरि हिजो आज ६ वटा डुंगा रहेका छन । एक लडमा ६० जना भन्दाबढी रारा घुम्न आउर्ने पर्यटकहरुले डुंगा चढ्न पाउर्ने छन यस भन्दा अघिको समयमा २ वटा मात्र डुंगा  हुदाँ आधा भन्द बढी पर्यटकहरुले डुंगा  चढ्ने रहर हुदाँ हुदैँ पछि घर फिर्ता जाने गरेको र अबका दिनमा रारा घुम्न आउने जुनसुकै पर्यटकहरुले डुंगा  चढ्न पाउने  छन् |   दिनमा रारामा हावा चल्ने भएको हुदा बिशेषगरि बिहान ६ बजे बाट दिनको १२ बजे सम्म रारामा डुंगा  सन्चालनमा आउर्ने श्रीदल गुल्मका गुल्म पति रबि केसिले बताएका छन । 

रारा ताल समुन्द्रीय सतह देखी २  हजार ९ सय मिटरको उचाईमा रहेको यो रारा तालको ५.१ किमी लम्बाई २.७ किमि चौडाई र १६७ मिटरमा गहीरो रहेको छ | रारा अन्तराष्टिय महत्तवको सिमसार क्षेत्र घोषण मिती २०७४ असोज ६ गते रामसार क्षेत्रमा नम्बर १६९५मा रहेको रारा तालको आफ्नो फरक पहिचाहन बोकेको ताल हो यस लाई संरक्षण तथा पूर्वाधारको बिकास भएको खण्डमा पर्यटनको घुईचो लाग्र्ने र आर्थिक उन्नतीमा समेत बृदि हुर्ने देखिन्छ  |

रारा तालको छेउमा रहेको समुन्द्र सतह देखी ३ हजार ६ सय ३०तिस मिटरको उचाईमा रहेको मुर्माटप  रारा घुम्न आउनेहरुले मुर्माटप पूगे पछि बाजुरा ,जुम्ला ,हुम्ला ,कालीकोट ,अछाम ,मुगु र हुम्लामा रहेको  चंङखेली हिमाल ,छायानाथ हिमाल ,कोहिजि मरका हिमाल ,बुढीन्दा ,बडीमालीका हिमाल ,सैपाल हिमाल ,खेसमालिका हिमाल ,जस्ता धेरै हिमक्षृंखलाहरु मुर्माटप बाट देख्न सकिन्छ । 

रारा बाट २ घण्टा टाठा रहेको चुचेमारा लेक तिर जादा कस्तुरी ,भालु ,बदेल ,रेडपाण्डा ,निगाली बाघ ,जस्ता जनावर र कालीज डाफे,मुनाल,च्याखुरा , काडेभ्याकुड लागाय बिभिन्न जातका चरा चरचुरीङ्कगी ,२ सय भन्दा बढी प्रजातिका फूलहरु पाईन्छन |

 तस्बिरमा : मुगुको रारा ताल घुम्न आउने पर्यटकहरु डुंगामा रमाउदै |




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने