ग्यास्ट्रोनमी भनेको के हो ?

ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो । जबकि खाना तयार पार्ने एक विश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ग्यास्ट्रोनमी भनेको के हो ?

ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो । जबकि खाना तयार पार्ने एक विश"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास्ट्रोनमी के हो ? भिजिट नेपाल २०२० मा ग्यस्ट्रोनोमी फुड टुरिजम फस्टाउन सक्ला ?

२० कार्तिक २०७६, बुधबार ०२:५७

ग्यास्ट्रोनमी भनेको के हो ?

ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो । जबकि खाना तयार पार्ने एक विशिष्ट कलात्मक शैली हो, जुन प्रायः रैथाने खाना सँग सम्बन्धित हुन्छ ।

खाना पकाउने रैथाने तरिकाहरू, पौष्टिक तथ्यहरू, खाद्य विज्ञान, र पस्कने सैली, स्वाद र गन्धको प्रयोग तथा खाद्य पदार्थहरूको मानवीय गुण को रूपमा प्रयोग गर्ने तौर-तरिकालाई नै ग्यास्ट्रोनोमी भनिन्छ ।

ग्यास्ट्रोनोमीमा अन्वेषण, स्वाद लिने, अनुभव गर्ने, अनुसन्धान गर्ने, बुझ्ने र खाना तयार गर्ने र सम्पूर्ण मानव पोषणको सम्बन्धि गुणहरूको बारेमा जान्नु पर्ने हुन्छ । ग्यस्ट्रोनोमी भनेको मानिससँग सम्बन्धित सबै कुराको ज्ञान र समझ हो जुन उसले खान्छ जसको उद्देश्य उत्तम भोजन प्रयोग गरेर मानवहरूको स्वास्थ्य सुनिश्चित गर्नु हो । सन् १८०१ मा जोसेफ बर्चौक्सको "Gastronomie" शीर्षकको कविताले यो शब्दलाई जन्माएको जस्तो छ । ग्यास्ट्रोनोमीको विकास र इतिहासको प्रत्येक अवधिमा सामाजिक र आर्थिक पृष्ठभूमिबाट स्पष्टसँग प्रभावित भएको छ । सन् १८२५ मा युरोपबाट मानिसमा रहेको खानाको तर्क र ज्ञानसँग ग्यास्ट्रोनोमीलाई परिभाषित गरियो । यसको उद्देश्य 'उत्तम सम्भावित खानाको माध्यमबाट मानिसको स्वास्थ्य संरक्षणमा योगदान पुर्याउनु थियो । रैथाने बाली र मसला प्रयोग गरि नयाँ नयाँ खानाको प्रयोग गर्नु थियो । 


ग्यास्ट्रोनोमी फुडमा नेपालको स्थिति कस्तो छ ? के गर्दा होला ? के हामी भिजिट २०२० मा त्यही पिजा, पास्ता, बर्गर र स्टिकमा नै सिमित हुने हो ? किनेमा, घिण्टी, छ्यांग, क्वाँटी, ढिडो, रिकीकुर, कन्चाम्बा, ढिक्रि, भक्का, रोटो, माडा, खोले बिर्षने हो ?

ग्यस्ट्रोनोमी फुड टुरिजम ग्रामीण विकासको दिगोपन, आर्थिक र वातावरणीय योगदान तथा स्थानीय खाद्यान्नसँग लगातार जोडिरहेको हुन्छ, जसले परम्परागत संस्कृति संरक्षण गरेर, पर्यटकहरूलाई आकर्षित गर्ने र क्षेत्रीय अर्थव्यवस्थालाई समर्थन गरेर अपरिहार्य भूमिका खेल्छ । यद्यपि स्थानीय खानाको प्रामाणिकता र गुणस्तर धेरैजसो प्रतिस्पर्धात्मक लाभका रूपमा पूर्ण रूपमा विश्वास गर्ने अवस्था छैन तर हामी सेफहरुले यसको विकास गर्नु पर्छ । प्रामाणिकताको अभावले गर्दा गुण/अव-गुणहरु, पर्यटक सन्तुष्टि र पर्यटक वफादारीमा असर गर्दछ । तसर्थ, यस गुणस्तर–सन्तुष्टि–वफादारी ढाँचामा प्रामाणिकताको भूमिकाको जाँच गर्नैपर्ने हुन्छ । खानाको प्रामाणिकता भनेको खाद्य पर्यटनको गुणस्तर–सन्तुष्टि–वफादारी ढाँचाको कुञ्जी पूर्ववर्ती हो भनेर हाइलाइट गरेर गुणहरूको परम्परागत दृष्टिकोणलाई औल्याउनु हो । तव मात्रै नेपाली ग्यस्ट्रोनोमी फुड टुरिजम फस्टाउन सक्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान