ग्यास्ट्रोनमी भनेको के हो ?

ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो । जबकि खाना तयार पार्ने एक विश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ग्यास्ट्रोनमी भनेको के हो ?

ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो । जबकि खाना तयार पार्ने एक विश"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास्ट्रोनमी के हो ? भिजिट नेपाल २०२० मा ग्यस्ट्रोनोमी फुड टुरिजम फस्टाउन सक्ला ?

२०७६, २० कार्तिक बुधबार ०२:५७

ग्यास्ट्रोनमी भनेको के हो ?

ग्यास्ट्रोनमी भनेको खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन हो । जबकि खाना तयार पार्ने एक विशिष्ट कलात्मक शैली हो, जुन प्रायः रैथाने खाना सँग सम्बन्धित हुन्छ ।

खाना पकाउने रैथाने तरिकाहरू, पौष्टिक तथ्यहरू, खाद्य विज्ञान, र पस्कने सैली, स्वाद र गन्धको प्रयोग तथा खाद्य पदार्थहरूको मानवीय गुण को रूपमा प्रयोग गर्ने तौर-तरिकालाई नै ग्यास्ट्रोनोमी भनिन्छ ।

ग्यास्ट्रोनोमीमा अन्वेषण, स्वाद लिने, अनुभव गर्ने, अनुसन्धान गर्ने, बुझ्ने र खाना तयार गर्ने र सम्पूर्ण मानव पोषणको सम्बन्धि गुणहरूको बारेमा जान्नु पर्ने हुन्छ । ग्यस्ट्रोनोमी भनेको मानिससँग सम्बन्धित सबै कुराको ज्ञान र समझ हो जुन उसले खान्छ जसको उद्देश्य उत्तम भोजन प्रयोग गरेर मानवहरूको स्वास्थ्य सुनिश्चित गर्नु हो । सन् १८०१ मा जोसेफ बर्चौक्सको "Gastronomie" शीर्षकको कविताले यो शब्दलाई जन्माएको जस्तो छ । ग्यास्ट्रोनोमीको विकास र इतिहासको प्रत्येक अवधिमा सामाजिक र आर्थिक पृष्ठभूमिबाट स्पष्टसँग प्रभावित भएको छ । सन् १८२५ मा युरोपबाट मानिसमा रहेको खानाको तर्क र ज्ञानसँग ग्यास्ट्रोनोमीलाई परिभाषित गरियो । यसको उद्देश्य 'उत्तम सम्भावित खानाको माध्यमबाट मानिसको स्वास्थ्य संरक्षणमा योगदान पुर्याउनु थियो । रैथाने बाली र मसला प्रयोग गरि नयाँ नयाँ खानाको प्रयोग गर्नु थियो । 


ग्यास्ट्रोनोमी फुडमा नेपालको स्थिति कस्तो छ ? के गर्दा होला ? के हामी भिजिट २०२० मा त्यही पिजा, पास्ता, बर्गर र स्टिकमा नै सिमित हुने हो ? किनेमा, घिण्टी, छ्यांग, क्वाँटी, ढिडो, रिकीकुर, कन्चाम्बा, ढिक्रि, भक्का, रोटो, माडा, खोले बिर्षने हो ?

ग्यस्ट्रोनोमी फुड टुरिजम ग्रामीण विकासको दिगोपन, आर्थिक र वातावरणीय योगदान तथा स्थानीय खाद्यान्नसँग लगातार जोडिरहेको हुन्छ, जसले परम्परागत संस्कृति संरक्षण गरेर, पर्यटकहरूलाई आकर्षित गर्ने र क्षेत्रीय अर्थव्यवस्थालाई समर्थन गरेर अपरिहार्य भूमिका खेल्छ । यद्यपि स्थानीय खानाको प्रामाणिकता र गुणस्तर धेरैजसो प्रतिस्पर्धात्मक लाभका रूपमा पूर्ण रूपमा विश्वास गर्ने अवस्था छैन तर हामी सेफहरुले यसको विकास गर्नु पर्छ । प्रामाणिकताको अभावले गर्दा गुण/अव-गुणहरु, पर्यटक सन्तुष्टि र पर्यटक वफादारीमा असर गर्दछ । तसर्थ, यस गुणस्तर–सन्तुष्टि–वफादारी ढाँचामा प्रामाणिकताको भूमिकाको जाँच गर्नैपर्ने हुन्छ । खानाको प्रामाणिकता भनेको खाद्य पर्यटनको गुणस्तर–सन्तुष्टि–वफादारी ढाँचाको कुञ्जी पूर्ववर्ती हो भनेर हाइलाइट गरेर गुणहरूको परम्परागत दृष्टिकोणलाई औल्याउनु हो । तव मात्रै नेपाली ग्यस्ट्रोनोमी फुड टुरिजम फस्टाउन सक्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने