पढ्न करिब 2 मिनेट लाग्छ

दान बहादुर बुढा | पुष १२, मुगु | मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ६ मा रहेको तातो पानि गुफा प्रचार-प्रसार नहुँदा ओझेलमा परेको छ ।

नेपाल सरकारले पछिल्लो समयमा पर्यटन बर्ष २०२० भब्य र सभ्यका साथ सफाल बनाउनको लागी नेपाल भरीका पर्यटन क्षेत्रहरुको प्रचार प्रचार गर्ने र पर्यटकहरुलाई नेपालका बिभिन्न ठाँउमा घुमाउने लक्ष्य भए पनि मुगुको जिमा तातो पानि गुफा भर्ने प्रयटकहरु र प्रचार प्रचारको प्रखाईमा बसेको छ ।

मुगुको सदरमुकाम गमगढी बजार देखि दुई घण्टा गाढीमा र आधा घण्टा पैदल हिडेर तातो पानि गुफामा पुगीन्छ । यो गुफा ठूलो पहाडको मुनि सानो एक मान्छे छिर्ने सम्मको प्वाल छ । प्वाल भित्र गएपछि २ सय भन्दा बढी मान्छेहरु हिड-डुल गर्न सकिने छ । बिशेष गरि स्थानिय मान्छेहरुले यो गुफा पुस महिनाको पुसे पूर्णमाको दिन स्थानिय मेला लगाउने केटा केटीहरुले देउडा गित गाउने रातदिनभरी रमाईलो गर्ने गुफाको मुनि रहेको तातो पानिमा नुहाउने नुहायपछि बाथ रोट टाउको पेट दुख्ने ठीक हुने परम्परा गर्त संस्कार अनुसार पुषे पूर्णमाको दिन मात्र मानिहरुको यो ठाँउमा मात्र मान्छेको घुईचो लाग्ने गरेका छन् । अन्य समयमा सुनसान हुने सोरु गाँउपालिका वडानम्बर ६ का वडा अध्यक्ष मनप्रसाद भट्टले बताएका छन ।

तातोपानी गुफालाई प्रचारप्रसार गर्न नसकेको र बिगतका बर्षहरुमा तातोपानी गुफा व्यवस्थीत र प्रचारप्रसार गर्नको लागी लाखौँ रकम बिनियोजन गरेको भए पनि कामको प्रगती शुन्य देखीएको स्थानिय बासिको गुनासो रहेको छ ।

तातो पानी गुफाको प्रचार-प्रसार र ब्याबस्थापनको लागी हरपल लागी रहेको र गत बर्षमा मात्र तातोपानि गुफा घुम्न आउने पर्यटकको लागी सहजताको लागी सडक निमार्ण गरिएको गुफा वरिपरी र अगाडी भागमा पार्कीङ घेरवारको लागी बिगतका बर्षहरुबाट बजेट बिनियोगन गर्दै आईरहेको र यो बर्षहरुमा पनि बजेट बिनियोजन गरी तातोपानि गुफाको प्रचारप्रसार गर्ने तातो पानि गुफा घुम्न आउर्ने पर्यटकहरुको सहज बातावरण मिलाउनको लागी सोरु गाँउपालिका अगाडी बढीरहने सोरु गाँउपालिकाका अध्क्षय लोक जङ शाहीले बताएका छन् ।