Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रारामा अथितिको सत्कारकालागी नेचर गाईड तयार

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | फागुन ७, मुगु | कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य रारा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुको सहजको लागी नेचर गाईट तयार पारिएका छन | रारा राष्ट्रिय निकुञ्जले  राराको जबैकिक विविधता, बन्य जन्तु, चराचुरुङ्गी र पदमार्ग र भिजिट नेपाल २०२० लाई लक्षित गरि ३३ जना नेचर गाईड तयार गरेको हो |

रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज  बनाउन फागुन १ गते देखि ६ गते सम्म  नेचर गाईट तालीमको आयोजना गरी रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई  रारा पुग्ने पदमार्ग बन्यजन्तु, चराचुरुङ्गी देखि  राराको जैबिक विविधताबारे जानकारी गराउन नेचर गाईड (प्रकृतिक प्रसक) तयार गरीएको रारा राष्टिय निकुञ्जको कार्यलय राराले जनाएको छ  |

राष्ट्रिय बन्यजन्तु संरक्षण ऐन २०२९  हिमाली राष्ट्रिय निकुञ्ज नियमावलि २०३६ अनुसार प्रत्येक निकुञ्जले अनिबार्य नेचर गाईड राख्नु पर्ने ब्यवस्था भएपनी रारा राष्ट्रिय निकुञ्जले हाल सम्म नेचर गाईड तयार गरेको थिएन । स्थापना भए यता पहिलो नेचरगाईट उत्पादन गरीएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत लालाबहादुर भण्डारीले बताए । उनका अनुसार मध्यवर्ति क्षेत्र भित्रका  समुदायको आर्थिक अन्नति रारा आउने  आन्तिरिक तथा बाह्य पर्यटकहरुलाई राराको बारे सहजै जानकारी गराउनुका साथै निकुञ्ज भित्र रहेका जैबिक बिबिधता, बन्य जन्तु, बनस्पति, चराचुरङ्गी धार्मिक तथा सांस्कृतिक परम्पराका बारे सहजैरुपमा पर्यटक जानकारी गराउने उदेश्यर  र रोजगारको शिर्जन हुनुका साथै नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुराउने उदेश्यले नेचरगाईट उत्पादन गरेको  संरक्षण अधिकृत भण्डारीले बताए  ।

रारामा मात्र २ सय ७२ प्रजातिका चराचुरुङ्गी छन । बिश्वमा नापईने असला जातको माछा बिभिन्न प्रकारका बनस्पतिका साथै यहाँको छुट्टैखाले जैबिक बिबिधता छ । यहाँ पुग्ने जो कोही पर्यटहरुले सबै जानकारी लिन खोज्छन । यो भन्दा अगाढी यि सबै बिषयमा ज्ञान भएका जनशक्ति नहुदा  जानकारी बिना पर्यटक फर्किन्थ्ये । अब राराको बारे ज्ञान भएका  नेचर गाईड उत्पाद भएपछी पर्यटकहरुले सबै जानकारी पाउने छन । यो पेशाा  लागेका नेचर गाईडको आर्थिक स्थितिमा समेत मजुबुद हुने तालिमका प्रशिक्षक चरा बिज्ञ टिकाराम गिरीले बताए ।

बिगतका दिनमा रारा पुग्ने पर्यटकहरु बिचबाटोमा ठगिएका घट्ना धेरै आएका छन ।  रारा पुग्ने जो कोही पर्यटक नठगियोस राराका बारे सबैखाले जानकारी पर्यटकहरुले पाउन भन्ने हेतुले नेचर गाईड उत्पादन गरिएको हो । मध्यवर्ती क्षेत्रका वेरोजगार युवालाई  यो पेशाले आर्य आर्जनको पाटो पहिल्याउन सक्ने  मध्यवर्ति क्षेत्र बिकास समितिका अध्यक्ष बलराम साहनीले बताए ।

छाँयानाथ रारा नगरापालिका—८ झयारी गाँउका दानबहादुर रावल नेचर गाईडको तालिम पाएपछी अबका दिनबाट ब्यवसाहिक रुपमा नेचर गाईडको पेशा अगाल्ने बताए ।  बेरोजगारीका कारण आफु बिदेश जाने तयारीमा रहेको  बताए । मध्यवर्ति क्षेत्र बिकास समितिले आफुलाई नेचर गाईडको तालिमा छनौट गरेपछी यो पेशामा लागे भबिस्य उज्वल देखिने   र नेचर गाईड पेशाले राराको पर्यटन प्रबद्धनमा थप टेवा पुग्ने र आफु लगाएत समुदायको समेत आर्थिक उन्नति राम्रो हुने भएकाले यो पेशालाई प्रथामिकता दिने रावलले बताए |