2026-09-08 10:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

कुभिण्डे, खैरावाङ र चाँदनी सातसते पर्यटनका काम शुरु

जेठ १७, सल्यान | सल्यानमा पर्यटन क्षेत्रको पूर्वाधार विकासमा रु दुई करोड खर्च गर्न गरिने भएको छ । जिल्लामा रहेका विभिन्न प्राकृतिक तथा धार्मिक सम्पदाको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनका लागि रकम खर्च गर्न लागिएको हो । 

प्रमुख पर्यटकीय क्षेत्र कुभिण्डे ताल, खैरावाङ मन्दिर, छत्रेश्वरीलगायत सम्पदामा पूर्वाधार विकास निर्माण शुरु गरिएको छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले पूर्वाधार विकासको काम शुरु गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको विनियोजित बजेटबाट वन कार्यालयमार्फत जिल्लामा पर्यटन पूर्वाधारको काम शुरु गरिएको हो । सोअनुसार चालु आवमा जिल्लाका ६  पर्यटकीय क्षेत्रमा रु दुई करोड बराबरको पूर्वाधार विकास गर्न थालिएको डिभिजन वन अधिकृत रमेशकुमार गिरीले जानकारी दिनुभयो ।

वन कार्यालयले कुभिण्डे तालमा पूर्वाधार विकासका लागि रु ४० लाख, खैरावाङ मन्दिरमा रु ४० लाख, छत्रेश्वरी धामका लागि रु ३० लाख र  चाँदनी सातसते गुफामा रु २० लाख विनियोजन गरेको वन अधिकृत गिरीले जानकारी दिनुभयो । यस्तै लक्ष्मीपुर पर्यटन पूर्वाधारका  लागि रु २० लाख र सिद्धगुफा पर्यटन पूर्वाधारका लागि रु ५० लाख विनियोजन गरिएको गिरीको भनाइ छ  ।

“लकडाउनकै समयमा छत्रेश्वरी धाम, चाँदनी साततले गुफा र खैरावाङ मन्दिरमा पूर्वाधार विकासको लागि सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ, बाँकी तीन ठाउँका कार्यालयले सर्भे गरी लागत अनुमान तयार पारेको र सम्झौता गरेर काम अगाडि बढाउने प्रक्रियामा रहेको छ ,”  गिरीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित