२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

राइनासकोट घरवासमा घुम्न आउने पर्यटक बढ्दै

२०७७, १७ कार्तिक सोमबार १०:०४

कार्त्तिक १७, लमजुङ । जिल्लाको राइनास नगरपालिका ९ स्थित  राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो । 

राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले यहाँका घरवासमा आउने पर्यटनमा वृद्धि हुँदै गएको र  कोरोनाका सङ्क्रमणको त्रासले पर्यटकलाई घरवासमा बाँस बस्न भने नदिएकोे बताउनुभयो । उहाँका अनुसार दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । घरवासमा आएका पर्यटकहरुमध्ये अधिकांशले घरवासमा बस्ने चाहना राख्दै आएपनि कोरोनाको त्रासका कारण घरवासमा राख्न नसकिएको घरवास सञ्चालकहरुको भनाई छ । 

केही घरवास सञ्चालकहरुले घरवासमा बस्न दिने कुरा गरेपनि अधिकाशले जोखिम भएकाले तत्काल पर्यटक राख्न नहुँने बताएका छन् । पर्यटक सोनिका श्रेष्ठले भन्नुभयो, “हामी १३ जना साथीहरु मिलेर यहाँ आयौँ घुम्न पायौँ तर बस्न पाएनौ ।” घुम्न खुल्ला गरेपनि बस्न पनि खुल्ला गरेमा पर्यटकहरुलाई सुविधा हुने उहाँको भनाई छ । तत्काल घरवास सञ्चालनमा नआउने उक्त समितिले जनाएको छ ।घरवासमा बस्न नदिएपनि राइनासकोट चौरमा भने आफैले त्रिपाल टाँगेर भने बस्न पाइने सो समितिका अध्यक्ष गुरुङले भन्नुभयो । विसं. २०७५ फागुन महिनाबाट ११ घरबाट शुरुआत भएपनि यतिबेला सिंगो गाउँ अर्थात् १७ वटा घर रहेको यहाँ सबै घरमा घरवास रहेका छन् ।  गाउँमा सञ्चालिन सबै घरवास गरेर वार्षिक करीब ५ करोड भन्दा बढी आम्दानी हुँदै आएपनि यस वर्ष कोरोना त्रासका कारण घरवासमा पर्यटन राख्न नपाएपछि आम्दानी समेत नहुँने समितिका उपाध्यक्ष विष्णु गुरुङले बताउनुभयो । 

राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेश हिमाल लगायतको १८ वटा हिमालहरु देख्न सकिन्छ । नेपालको एकीकरणको शुरुका विन्दु साथै प्राकृतिक रुपमा अलौकिक दृश्र्यले भरिपूर्ण ठाउँ भएको स्थानिय कृष्णराज ओलियाले बताउनुभयो । विश्वकै पहिलो योग स्तम्ब पनि राईनासकोटमा रहेको पनि उहाँको भनाई छ । ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेव लगायत ऐतिहासिक स्थल समेत रहेको छ । पर्यटकीय राइनासकोट प्राकृतिक र साँस्कृतिकले भरिपूर्ण रहेको छ । 

बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्मा शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास रहेको छ । राइनासकोटलाई भिटोफ नेपालले २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो । गत वर्ष गण्डकी प्रदेश सरकारले घोषणा गरेको घुम्न पर्ने ११० उत्कृष्ट गन्तव्य मध्य राइनासकोट परेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै