६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रारामा चहलपहल बढ्यो, घोडा व्यवसायी उत्साहित

१९ आश्विन २०७८, मंगलवार ०८:३१

असोज १९ , मुगु , न्युज कारखाना। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा चहलपहल बढ्न थालेको छ। कोरोना कारण लामो समयसम्म थला परेको रारा ताल पछिल्लो समय कोरोना संक्रमणले केही ओरालो लागे पछि  वर्षा सकिएर मौसम खुलेसँगै रारा घुम्ने सिजन सुरु भएको हो।

पोखरा, काठमाडौ, नेपालगञ्ज, विराटनगर, चितवनलगायत ठाउँबाट रारा आउनेहरू बढेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ। सहरी क्षेत्रबाट दैनिक ३० जनासम्म पर्यटक रारा आइरहेका छन्। दैनिक ५० जनासम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन्। कर्णाली राजमार्ग हुँदै रारा आउने पर्यटक पनि बढ्न थालेको निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए। उनका अनुसार जहाजबाट आउने पर्यटकको संख्या बढेपछि निजी एयरलाइन्सले दैनिक पाँचवटासम्म उडान भर्न थालेका छन्। 

लामो समयपछि फिनल्याडका नागरिकको टोली पनि रारा आएको निकुञ्जले जनाएको छ। पर्यटकको चहलपहल बढ्न थालेपछि कोरोना महामारीका कारण कारोबार शून्य भएका होटेल, कटेज र होमस्टे पनि खुल्न थालेका छन्। करिब सात महिनापछि पर्यटकले कोठा बुक गर्न थालेको माझघट्ट होमस्टेका सञ्चालक रत्नसिंह रोकायाले बताए।

‘पर्यटक बढेपछि खानपिन, सरसफाइ र अन्य व्यवस्थापनको तयारी थालिएको छ', उनले भने, ‘अहिले दैनिक कोठाहरू बुक हुन थालेका छन्। उनले पर्यटक बढ्न थालेपछि होटेल व्यवसायी, डुंगा सञ्चालक र घोडा व्यवसायी उत्साहित बनेको बताए।

लामो समय कामविहीन बनेका घोडाले बल्ल काम पाउन थालेको व्यवसायी गोर्ख रोकायाले बताए। उनले दैनिक एक हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन्। 

हिजाेआज  करिब १५ पर्यटकलाई आसपासका गाउँमा घुमाइरहेको जानकारी दिए। पछिल्लो समय मुर्माटप पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ। रारा आएका पर्यटक घोडा चढेर मुर्माटप जान्छन् भने त्यहाँबाट सैपाल हिमाल, छायानाथ तीर्थस्थलसहितको अवलोकन गरेर फर्किन्छन्। पर्यटकको रोजाइमा मुर्माटप परेपछि पर्यटकको सुविधाका लागि रारा इको रिसोर्ट निर्माण गर्न थालिएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का