२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

टिएमजेमको प्रवेशद्धारमा सुविधायुक्त गेष्ट हाउस

२०७८, ११ मंसिर शनिबार ०८:३१

मंसिर ११, तेह्रथुम | पूर्वी पहाडि क्षेत्रकाे पर्यटकीय क्षेत्र तिनजुरे मिल्मे जलजले (टिएमजे) काे प्रवेशद्वारमा सुविधायुक्त गेष्टहाउस खुलेकाे छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा रहेको यो पर्यटकीय गन्तव्यमा बर्षेनी हजारौं पर्यटक आए पनि सुविधायुक्त बस्ने स्थान नहुँदा समस्यामा पर्दै  आएका थिए । 

कोशी राजमार्गको बसन्तरपुर बजारदेखि करिब २० मिनेटको दुरीमा रहेको तिनजुरे पाथीभारामा दर्शन गर्न आउने संख्या उतिकै चाप हुने गर्छ । तर ,यहाँ नजिकै सुबिधायुक्त होटल नहुँदा बसन्तपुर नै झर्नु पर्ने अवस्था थियो । पर्यटकलाई सेवा दिने उदेश्यका साथ लालीगुराँस नगरपालिकाको टुटे बजारमा हिमगंगा गेष्ट हाउस सञ्चालनमा आएको हाे ।

खासगरी गुराँस फुल्ने सिजन र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकको ओइरो लाग्ने गरेको छ । २९ सय उचाइमा रहेको यो क्षेत्रमा आउने पर्यटक  चारैतिर हिमालको दृश्यावलोकन गर्दै हरियाली वातावरणमा रमाउने गरेका छन् । पर्यटकलाई सेवा दिने उदेश्यले ५० लाख लगानीमा हाेटेल सुरुवात गरेको सञ्चालक श्री कार्कीले बताए । स्थानीय परिकारसँगै स्वदेशी र विदेशी खाजाका साथै लोकल कुखुराको परिकार गेष्ट हाउसमै पाइने उनले बताए ।  खाना बस्न मात्र नभई विवाह, पार्टी र बर्थ डेका लागि समेत निशुल्क हल उपलब्ध गराउने कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने