पुस २७, मङ्गलबारे | इलाम बजार आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, मङ्गलबारे | इलाम बजार आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ ।"/>
2026-09-12 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

अब इलामले चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ

पुस २७, मङ्गलबारे | इलाम बजार आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ । चियाको बोटबाट चिया टिपेर थुन्सेमा लगाउँदै गरेको झैँ देखिने मूर्ति यहाँको पहिचान भएको नगरपालिकाले जनाएको छ ।

 मूर्तिलाई सदरमुकामस्थित इलामचोकमा राखिएको छ । झापा हुँदै मेची राजमार्ग भएर आउने पाहुनालाई लक्षित गरेर निर्माण गरिएको मूर्ति जिल्लाको संस्कृतिको प्रवद्र्धन काशेढुङ्गाका रुपमा काम गर्ने जनाइएको छ ।  अढाइ सय किलोको सो मूर्ति  चर्चित मूर्तिकार विष्णु श्रेष्ठले बनाउनुभएको हो । जिल्लामा चिया बगान स्थापना गर्ने गजराज सिंह थापा र शङ्खधर साँख्वाको मूर्तिसमेत उहाँले नै निर्माण गर्नु भएको बताइएको छ ।

विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गर्नुभएको इतिहास छ । विसं १९३५ मा बगान रहेको स्थानमा इलाम चिया कारखाना स्थापना गरिएको थियो । इलाम नगरपालिका–७ मा रहेको नेपालको पुरानो चिया बगान र चिया कारखानामा काम गर्ने मजदूरको सम्मानमा इलाम नगरपालिकाले महिला चिया मजदूरको मूर्ति स्थापना गरेको जनाएको छ ।

श्रम र श्रमजीवी व्यक्ति समाजका निमार्णकता, समृद्धिका सम्वाहक भएकाले उनीहरुको माध्यमबाट मात्रै यो ठाउँलाई समृद्ध बनाउन सकिने इलाम नगर प्रमुख महेश बस्नेतको भनाइ छ । मजदूरको जीवनस्तर उकास्न  र उनीहरुको काममा समेत प्रतिष्ठा बढाउन सरकार लाग्नुपर्ने भन्ने सन्देशका साथ मजदूरको मूर्ति चोकमा स्थापना गरिएको इलाम – ७ का वडाध्यक्ष नरेश श्रेष्ठको भनाइ छ । उहाँले गणतन्त्र केवल शब्दमा मात्रै नभइ व्यवहारमा पनि आएको जनाउँदै तत्कालीन राजाको शालिक रहने स्थानमा चिया मजदूरको सालिक निमार्ण गर्न सकिएको बताउनुभयो । यस सालिक भएको स्थानमा पहिला राजाको सालिक थियो । गणतन्त्र घोषणापछि सालिक हटाइएको थियो । 

इलाम नगरको सौन्दर्यीकरण बढाउन नगरपालिकाले विभिन्न राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेको छ । विभिन्न चोक तथा घुम्तीमा मूर्ति निर्माण गरिएको छ ।  कला र संस्कृति गजेर्ना गर्दै अरुलाई पनि प्रेरणा मिलोस भन्ने उद्देश्यले बजारका विभिन्न स्थानमा मूर्ति र प्रतिमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ । नगरको सौन्दर्यीकरणका लागि देशका ख्यातिप्राप्त व्यक्तित्वको सालिक स्थापनामा जोड दिइएको नगर प्रमुख महेश बस्नेत जानकारी दिनुभयो । 

नगरका विभिन्न स्थानमा दर्जनौं मूर्ति यहाँ राखिएको छ । यी मूर्तिहरुले जिल्लाको गौरव बढाएको यहाँ आउने पर्यटकले बताएका छन् । धेरैले पछिल्लो समय इलामलाई मूर्तिको सहर समेत भनेर भन्न थालेका छन् । नगरले पुरानो इलाम दरबारमा स्थापना गरिएको अरनिको सङ्ग्रहालयमा अरनिकोको सालिक राखेको छ ।

यहाँ संस्कृति झल्काउने पञ्चैबाजा बजाएको मूर्तिसमेत राखिएका छन् । साहित्यकार पारिजात, हाँस्य व्यङ्ग्यकार विष्णु नवीन, महानन्द सापकोटाको सालिक अलगअलग स्थानमा स्थापना गरिएको छ । त्यस्तै इलाम चियाबारीमा जातजातीको पोशाक झल्किने मूर्ति समेत राखिएको छ । मुर्ति स्थापना कार्यले ऐतिहासिक संस्मरण र विभिन्न व्यक्तित्वको सम्झना मात्र होइन पर्यटन, कला संस्कृतिको विकास हुने देखिन्छ ।

यसले जिल्लाको पहिचान मात्र नभइ भावी सन्ततिलाई समेत पूर्खाको सम्झना दिलाउने बताइएको छ । सालिक निर्माण गर्नेका परिवारका सदस्यलाईसमेत राम्रो काम गर्न र गराउन उत्प्रेरण जगाउने देखिन्छ । तर नगरपालिकाले निर्माण गरिएका सालिकको स्याहार भने गरेको पाइँदैन ।  सुरक्षाका लागिसमेत  ध्यान दिएको पाइँदैन । पहिले केही सालिकको तोडफोडसमेत भएको थियो । निर्माण भएका शालिकको जगेर्ना गर्नु सबैको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा