४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने

२ माघ २०७८, आईतवार ०९:५०

माघ २,  काठमाडौँ |  वाग्मती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।स्पा सङ्घ नेपालको आज यहाँ आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा उहाँले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

“स्पा क्षेत्रमा भएको विकृति र  विसङ्गति अन्त्यका लागि स्पा सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्र्छ, यस व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्नका लागि प्रदेश सरकारले सहयोग गर्छ,” उहाँले भन्नुभयो, “यो क्षेत्रपनि नेपालको पर्यटन उद्योगसँग जोडिएकाले  यसको रक्षा गर्ने जिम्मा व्यवसायीसँगै सरकारको पनि होे ।” 

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्पा एवं मसाज क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले यस्तो मनोविज्ञानलाई चिर्नु जरुरी रहेको बताउनुभयो । 

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोलले प्राकृतिक आयुर्वेद चिकित्साको रुपमा स्पा व्यवसायीलाई राख्न सरकारलाई आग्रह गर्नुभयो । सङ्घका अध्यक्ष शुभलाल थिङले कोभिडले आक्रान्त स्पा व्यवसाय सञ्चालनका लागि सङ्घले कोभिड–१९ सङ्क्रमणकालीन स्पा सञ्चालन मापदण्ड–२०७८ बनाएर लागू गरेको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता