२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने

२०७८, २ माघ आईतवार ०९:५०

माघ २,  काठमाडौँ |  वाग्मती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।स्पा सङ्घ नेपालको आज यहाँ आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा उहाँले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

“स्पा क्षेत्रमा भएको विकृति र  विसङ्गति अन्त्यका लागि स्पा सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्र्छ, यस व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्नका लागि प्रदेश सरकारले सहयोग गर्छ,” उहाँले भन्नुभयो, “यो क्षेत्रपनि नेपालको पर्यटन उद्योगसँग जोडिएकाले  यसको रक्षा गर्ने जिम्मा व्यवसायीसँगै सरकारको पनि होे ।” 

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्पा एवं मसाज क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले यस्तो मनोविज्ञानलाई चिर्नु जरुरी रहेको बताउनुभयो । 

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोलले प्राकृतिक आयुर्वेद चिकित्साको रुपमा स्पा व्यवसायीलाई राख्न सरकारलाई आग्रह गर्नुभयो । सङ्घका अध्यक्ष शुभलाल थिङले कोभिडले आक्रान्त स्पा व्यवसाय सञ्चालनका लागि सङ्घले कोभिड–१९ सङ्क्रमणकालीन स्पा सञ्चालन मापदण्ड–२०७८ बनाएर लागू गरेको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से