माघ ४, चरीकोट Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, चरीकोट
२१ मंसिर २०८२, शनिबार
दोलखा - DLKH

कोरोनाले पर्यटन व्यवसाय खस्कँदै

४ माघ २०७८, मंगलवार ११:१६

माघ ४, चरीकोट | पछिल्लो समय दोलखामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्ष्या दैनिक बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि पर्यटन तथा होटल व्यवसायी चिन्तित बनेका छन् । 

कोरोनाका कारण लामो समयदेखि बन्द यहाँको होटल तथा पर्यटन व्यवसाय केही महिना अघि पुनः सञ्चालनमा आएको थियो । फेरी सङ्क्रमण बढेपछि व्यवसायी चिन्तित भएका हुन् । दैनिक तीव्र गतिमा सङ्क्रमितको सङ्ख्या बढदै जान थालेपछि पर्यटकीय क्षेत्र सुनसान बन्दै गएका छन् । आन्तरिक पर्यटकका लागि मुख्य यामको रुपमा लिइने यो समयमा पर्यटकको चहलपहल छैन । 

 केही दिनअघिसम्म हिउँ खेल्न आउने पर्यटकका कारण बढेको चहलपहल हाल  कालीञ्चोक, चरीकोटलगायत क्षेत्रमा सुनसान छ । पर्यटनलाई लक्षित गरी व्यवसायीले करोडौँ रुपैयाँ लगानी गरेका थिए । पटक–पटक कोभिड–१९ का कारण बन्द हुन थालेपछि व्यवसायीलाई ठूलो क्षति पुगेको व्यवसायी दिनेश बस्नेतले बताउनुभयो । “केही राहत महसुस भएको थियो, फेरी   व्यवसाय बन्द हुने अवस्था आयो”, उहाँले भन्नुभयो ।  

दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईन्द्र श्रेष्ठले कोरोना त्रासले व्यापार व्यवसाय पुनः चौपट भएको बताउनुभयो । पछिल्लो समय जिल्लामा पर्यटकलाई लक्षित गरी होटलमा लगानी बढेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य