माघ ४, चरीकोट Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, चरीकोट
२०८२, ९ चैत्र सोमबार
दोलखा - DLKH

कोरोनाले पर्यटन व्यवसाय खस्कँदै

२०७८, ४ माघ मंगलवार ११:१६

माघ ४, चरीकोट | पछिल्लो समय दोलखामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्ष्या दैनिक बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि पर्यटन तथा होटल व्यवसायी चिन्तित बनेका छन् । 

कोरोनाका कारण लामो समयदेखि बन्द यहाँको होटल तथा पर्यटन व्यवसाय केही महिना अघि पुनः सञ्चालनमा आएको थियो । फेरी सङ्क्रमण बढेपछि व्यवसायी चिन्तित भएका हुन् । दैनिक तीव्र गतिमा सङ्क्रमितको सङ्ख्या बढदै जान थालेपछि पर्यटकीय क्षेत्र सुनसान बन्दै गएका छन् । आन्तरिक पर्यटकका लागि मुख्य यामको रुपमा लिइने यो समयमा पर्यटकको चहलपहल छैन । 

 केही दिनअघिसम्म हिउँ खेल्न आउने पर्यटकका कारण बढेको चहलपहल हाल  कालीञ्चोक, चरीकोटलगायत क्षेत्रमा सुनसान छ । पर्यटनलाई लक्षित गरी व्यवसायीले करोडौँ रुपैयाँ लगानी गरेका थिए । पटक–पटक कोभिड–१९ का कारण बन्द हुन थालेपछि व्यवसायीलाई ठूलो क्षति पुगेको व्यवसायी दिनेश बस्नेतले बताउनुभयो । “केही राहत महसुस भएको थियो, फेरी   व्यवसाय बन्द हुने अवस्था आयो”, उहाँले भन्नुभयो ।  

दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईन्द्र श्रेष्ठले कोरोना त्रासले व्यापार व्यवसाय पुनः चौपट भएको बताउनुभयो । पछिल्लो समय जिल्लामा पर्यटकलाई लक्षित गरी होटलमा लगानी बढेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह