2026-10-17 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पर्यटकीय गन्तव्य बन्दै बैकुण्ठपुरी सङ्ग्रहालय

माघ २३, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङगलामा रहेको बैकुण्ठपुरी सङ्ग्रहालय अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

परम्परागत मौलिक संस्कृति, संस्कार र जीवनशैली चिनाउने बैकुण्ठपुरी सङ्ग्रहालयमा हिजोआज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या  दिनानुदिन बढ्दै गएको छ । 

पत्रकार निमबहादुर रिजालको सक्रियतामा सन्धिखर्क नगरपालिका–४ वाङ्गलाको आमडाँडामा स्थापित सङ्ग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामान राखिएको छ । नेपाल पत्रकार महाङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका रिजालको सक्रियतामा ज्येष्ठ नागरिक जिल्ला सङ्घ अर्घाखाँचीले बाबु–बाजेले प्रयोग गरेका पुराना वस्तु लोप हुन थालेकाले यसलाई भावी पुस्तामा जानकारी गराउने उद्देश्यले सङ्ग्राहलयको स्थापना गरेको हो । सङ्ग्रहालयमा मौलिक वस्तु सङ्कलन गरेर राखिएका छन् । 

पहिला बाबु बाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामग्री उक्त सङ्ग्रहालयमा राखिएका छन् । कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी सङ्ग्रहालयमा राखिएको व्यवस्थापक उमा रिजालले बताउनुभयो । यसैगरी उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिँकी, मकै पिस्ने जाँतो, खेतबारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पललगायतका वस्तु सङ्ग्रहालयको मुख्य आकर्षणको रुपमा रहेका छन् ।

“बाबुबाजेले प्रयोग गरेका पुराना वस्तुको लोप हुन थालेको र भावी पुस्तालाई सो कुराको जानकारी समेत नहुने भएकाले सङ्ग्रहालय बनाएर पुराना वस्तु सङ्कलन गरिएको पत्रकार रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घँैटो, भजनमा बजाउने खैजडी, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुका, चिलिम, पुराना टेपरेकर्डर, भोटे ताल्चा, दाउ, बाँसको काइियो लगायतका थुप्रै वस्तु सङ्ग्रहालयमा राखिएको छ ।

त्यस्तै रुखमा बनाइएको घर र घरमै पालेको कछुवा तथा कमलको फुल पनि आकर्षणको केन्द्रको रुपमा रहेका छन् । प्रचारप्रसार गर्न सकेमा अर्घाखाँचीमा बाहिरबाट आउने पर्यटकको अबको गन्तव्य बैकुण्ठपुरी सङ्ग्रहालय हुनेछ । यसका लागि सबैको ध्यान जान जरुरी छ । 

सो क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने अभियानअनुसार काम शुरु भएको बताइएको छ । यसलाई अझै थप व्यवस्थित बनाउने काममा लागिपरेको पत्रकार रिजालको भनाइ छ । अहिले यहाँ घुम्न र हेर्नका लागि आन्तरिक पर्यटक आउने गरेको बताइएको छ । नयाँ र आकर्षक गन्तव्य निर्माणमा गाउँपालिकाले पनि सहयोग गर्न लागिएको उहाँले बताउनुभयो । योसँगै त्यहाँ रोजगारीसमेत बढने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु