२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा पर्यटकलाई दुःख नदिन व्यवसायीको आग्रह

१ चैत्र २०७८, मंगलवार ०८:५८

चैत १, मोरङ । नेपाल घुम्न आउने भारतीय पर्यटकका सवारी साधनलाई दुःख दिने कार्यको अविलम्ब अन्त्य गर्नुपर्ने सुझाव पर्यटन व्यसायीले दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित प्रदेश तहमा पर्यटन विकास तथा प्रवद्र्धन एवं सङ्घसँगको सहकार्यसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा पर्यटन व्यवसायीले प्रदेशमा तारे होटलको कोठासम्बन्धी प्रावधानमा संशोधन हुनुपर्ने तथा ट्राभल एजेन्सी दर्ताका  लागि रु पाँच लाख धरौटीको व्यवस्था खारेज गर्न माग गरेका छन् ।

पर्यटक व्यवसायीले प्रदेशमा रात्रिकालीन व्यवसाय २४  सैँ घण्टा खुल्ला गरेमा रोजगारीका साथै राजस्व वृद्धि भई आर्थिक चलायमान हुने धारणा राख्नुभयो । उहाँहरुले प्रदेशको राजधानी विराटनगरबाट लुक्लाका साथै अन्तरप्रदेशीय हवाई सेवा सञ्चालन गर्नुपर्ने, पर्यटन कार्यालयलाई प्रदेशका १४ जिल्लामा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं १ का संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बूले प्रदेशका पर्यटकीय केन्द्रको विकासका लागि गुरुयोजना निर्माण गरिएको बताउँदै पर्यटनलाई रोजगारीसँग जोडी आर्थिक समृद्धि कायम गर्ने धारणा राख्नुभयो । उहाँले पहाडी क्षेत्रका पर्यटकीय केन्द्रमा सहज आवागमनका लागि सडक विस्तार गरी निजी क्षेत्रको सहयोगमा सुविधा सम्पन्न होटल बनाएर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव ईश्वरकुमार गिरीले पर्यटन व्यवसाय एक अवसर भएको बताउँदै निजी क्षेत्र र सरकारबीच हातेमालो गरी यस क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र आर्थिक विकासका लागि आगाडि बढनुपर्ने आवश्यकता औल्याउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चर्चा गर्दै पर्यटकीयस्थलको सौन्दर्यकरण गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका उपसचिव प्रकाश आचार्यले कार्यपत्र प्रस्तुत गर्दै पर्यटन अर्थतन्त्रको एउटा खम्बा भएको र राष्ट्रिय अर्थतन्त्रमा १० प्रतिशत योगदान रहेको जानकारी दिनुभयो । मन्त्रालयका राजकुमार दुलाल, शम्भु साह, पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले कार्यपत्र प्रस्तुत गर्दै मन्त्रालयले प्रदेशका सात स्थानमा पर्यटन पूर्वाधार विकास कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।

पर्यटन व्यवसायी भविष श्रेष्ठ, पुण्य भट्टराई, उदयकुमार श्रेष्ठ, भुपाल चाम्लिङ, मन्जित देवानलगायतले प्रदेशमा साहसिक खेलको लागि योग्य भूमि रहेकाले पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सुझाव दिनुभयो । अन्तक्र्रियामा प्रदेशका १४ जिल्लाका होटल व्यवस्थायी, ट्राभल एजेन्सी, साहसिक खेल प्रवद्र्धक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा