२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पाल्पाको पर्यटन विकासमा जोड

२०७३, १ आश्विन शनिबार १५:५९

असोज १, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पाल्पा जिल्लामा विमानस्थल निर्माणको निम्ति अध्ययन कार्य अगाडि बढाउने बताउनुभएको छ । 

पाल्पाली सङ्गमद्वारा आज भृकुटीमण्डपमा आयोजित ‘पाल्पा महोत्सव–२०७३’ को उद्घाटन गर्दै मन्त्री शाहीले पाल्पाको समग्र पर्यटकीय विकासको निम्ति विमानस्थलको आवश्यकता औँल्याउँदै त्यसको निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्री शाहीले पाल्पा जिल्लाको स्थानीय उत्पादनमा स्थानीय तहबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो । 

पाल्पा जिल्लाबाट निर्वाचित सांसद हरिप्रसाद नेपाल, पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र योजना आयोगका पूर्व उपाध्यक्ष मोहनमान सैंजुले पाल्पा पर्यटकीय हिसाबले सम्भावना भएको जिल्ला भए पनि पर्याप्त विकास हुन नसकेको बताउनुभयो । 

महोत्सवमा पाल्पाली खानाका परिकार, ढाका कपडा तथा करुवा, पर्यटकीय स्थलको तस्बिर र स्थानीय उत्पादनको प्रदर्शनीको निम्ति करिब ५० स्टल राखिएको थियो । 

महोत्सवमा पाल्पाली कलाकारहरु बद्री पङ्गेनी, इन्द्र जिसी, दुर्गा रायमाझी, शिरिष देवकोटा, प्रेम गैरे र हुम गैरेलगायतका कलाकारले साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से