२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पाल्पाको पर्यटन विकासमा जोड

१ आश्विन २०७३, शनिबार १५:५९

असोज १, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पाल्पा जिल्लामा विमानस्थल निर्माणको निम्ति अध्ययन कार्य अगाडि बढाउने बताउनुभएको छ । 

पाल्पाली सङ्गमद्वारा आज भृकुटीमण्डपमा आयोजित ‘पाल्पा महोत्सव–२०७३’ को उद्घाटन गर्दै मन्त्री शाहीले पाल्पाको समग्र पर्यटकीय विकासको निम्ति विमानस्थलको आवश्यकता औँल्याउँदै त्यसको निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्री शाहीले पाल्पा जिल्लाको स्थानीय उत्पादनमा स्थानीय तहबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो । 

पाल्पा जिल्लाबाट निर्वाचित सांसद हरिप्रसाद नेपाल, पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र योजना आयोगका पूर्व उपाध्यक्ष मोहनमान सैंजुले पाल्पा पर्यटकीय हिसाबले सम्भावना भएको जिल्ला भए पनि पर्याप्त विकास हुन नसकेको बताउनुभयो । 

महोत्सवमा पाल्पाली खानाका परिकार, ढाका कपडा तथा करुवा, पर्यटकीय स्थलको तस्बिर र स्थानीय उत्पादनको प्रदर्शनीको निम्ति करिब ५० स्टल राखिएको थियो । 

महोत्सवमा पाल्पाली कलाकारहरु बद्री पङ्गेनी, इन्द्र जिसी, दुर्गा रायमाझी, शिरिष देवकोटा, प्रेम गैरे र हुम गैरेलगायतका कलाकारले साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा