काठमाडौं । युवा गीतकार दिप दर्पनको पहिलो गीती एल्बम ‘दर्पण’ सार्वजनिक भएको छ ।  बिहिवार काठमाडौंको प्रज्ञापतिष्ठानमा एक कार्यक्रम गरि एल्बम सार्वजनिक गरिएको हो  । ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौं । युवा गीतकार दिप दर्पनको पहिलो गीती एल्बम ‘दर्पण’ सार्वजनिक भएको छ ।  बिहिवार काठमाडौंको प्रज्ञापतिष्ठानमा एक कार्यक्रम गरि एल्बम सार्वजनिक गरिएको हो  । ए"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिप दर्पनको ‘दर्पण’ सार्वजनिक

१ पुष २०७३, शुक्रबार ०५:२४

काठमाडौं । युवा गीतकार दिप दर्पनको पहिलो गीती एल्बम ‘दर्पण’ सार्वजनिक भएको छ ।  बिहिवार काठमाडौंको प्रज्ञापतिष्ठानमा एक कार्यक्रम गरि एल्बम सार्वजनिक गरिएको हो  । एल्बमको सावर्जनिक बरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले गरे ।

एल्बममा सात वटा आधुनिक गीत समावेश छन् । एल्बमको पहिलो गीत ‘मैले भन्दा माया गर्ने’ हो जसमा अन्जु पन्तको स्वर छ भने राजकुमार बगरले संगीत दिएका छन् । दोस्रो गीत ‘फुल्नु भन्दा त’ मा स्वर प्रमोद खरेलको छ भने संगीत राजकुमार बगरकै हो । यो गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ । यसलाई संगीत बस्यालले निर्देशन गरेका हुन् । तेस्रो गीत ‘तिमी जुन दिन टाढा’मा रजिना रिमालले स्वर दिएकी छिन भने संगीत राजकुमार बगरकै छ ।

त्यस्तै चौथो गीत ‘मेरो आँसुँग’ मा दिपक लिम्बुको स्वर छ भने सन्तोष श्रेष्ठको संगीत छ । पाँचौं गीत ‘मेरो आँसु झर्दा’ मा माण्डवी त्रिपाठीको स्वर छ भने संगीत सन्तोष श्रेष्ठकै छ । छैटौं गीत ‘लालि गुराँस सुनाखरी’ मा अंकित न्यौपानेको स्वर रहेको छ भने हरि  डाँगीले संगीत दिएका छन् । र, सातौं गीत ‘फुल्नु भन्दा त’मा श्रेयशी चेम्जोङको स्वर छ भने राजकुमार बगरको संगीत रहेको छ । यसको पनि म्युजिक भिडियो निर्माण गरिएको छ ।


एल्बम बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत बिन्ध्यावासिनी फाण्डेसन फार्मत अनाश र असहाय बच्चाहरुको सहयोगार्थ उपलब्ध गराईने छ । एल्बमको बजार प्रवद्धन बिन्ध्यावासिनी म्युजिकले गर्ने छ ।

कार्यक्रममा बिभिन्न गीत–संगीत क्षेत्रमा रुची राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह