५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य परिक्षणमा पैसा खुवाएर विदेश जाँदा यस्तो हालत (भिडियो सहित)

११ जेष्ठ २०७४, बिहीबार ०२:११

टोकियो । बैदेशिक रोजगारी, नेपालीको आम समस्या भईसकेको छ ।देशमा रोजगारीको उपयुक्त वातावरण नहुँदा दैनिक विदेश जानेको शंख्या बढ्ने गरेको छ त्यसमा पनि बिभिन्न कारण बिदेशमा नेपालीहरुले ज्याननै गुमाउनु परेको घटना पनि आईरहेका छन् । 

यस्तै घटनामा आधारित रहेर जापानमा बस्ने युवाहरुले एउटा छोटो चलचित्र निर्माण गरेका छन् । जापानमा छायाँकन गरेर निर्माण गरिएको उक्त चलचित्र 'चेक पोष्ट' मा वर्किगं भिषामा जापान आउने नेपाली युवाको कथा देखाइएको छ । जो स्वास्थ्यमा समस्या छ  भन्ने जान्दा-जाँदै पनि पैसा खुवाएर जापान पुगेको हुन्छ । 

सञ्चारकर्मी मुक्ति सुबेदिको मुख्य अभिनय रहेको चेकपोष्टलाई ओम प्रकाश गुरुङले निर्देशन तथा छायाँकन गरेका छन् । चलचित्रमा पैसाको लागि स्वास्थ्यमा खेलवाड नगरौं भन्ने सन्देश दिन खोजेको कलाकार मुक्ति सुवेदीले जानकारी दिएका छन् ।

नेपालमा कुनै देश जाने भनेपछि पैसा तिरेर भएपनि स्वास्थ्यको वेवास्ता गरि कागजात मिलाउने अनि बिदेश गएर पनि नियमीत स्वास्थ्य परिक्षण नगर्ने गर्दा परिवारको भरोसा र आफ्नै सपना साँचिरहेका युवाहरुको अकालमा निधन हुने क्रम बढेको भन्दै कलाकार सुवेदीले यसमा सचेत बनौं भन्ने सन्देश दिने सानो प्रयास गरिएको बताए । उनको अनुसार पछिल्लो समय करिव ७० हजार नेपालीहरु रहेको जापानमा नेपालीहरुको स्वास्थ्य समस्यामा पर्ने क्रम बढ्नुका साथै नियमीत स्वास्थ्य परिक्षण नगर्ने एवं नेपालबाट आउँदा समेत गलत कागजात बनाएर आउने गरेका कारण समस्यामा पर्ने गरेका घटनाहरु बढ्दै गएका छन् ।

चलचित्रमा मुक्तिबाबुसँगै बिक्रम अर्याल, सुरेश रेग्मिको अभिनय रहेको छ । चलचित्रमा ईश्वरी कँडेल, कासी गुरुगं, चेतन अर्याल, लाल शोभा गुरुगं सहित जापानी नागरिक ओता केन्जिको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्रको कथा सुरेश रेग्मिले लेखेका हुन् ।

हाल यो छोटो चलचित्र युट्युवबाट पनि हेर्न सकिन्छ: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता