पछिल्लो समय मुस्ताङमा रहेको एक मात्र धुम्बा तालको चर्चा बढेको छ । हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि डेढ खण्टाको पैदलमा रहेको धुम्बा ताल घरपझोङ गाउँपालिकामा पर्छ ।
गाउँपालिकाले तालको संरक्षण र प्रर्वद्धनको लागि चाँसो दिएसँगै यसको चर्चा हुन थालेको हो । केहि समय पहिले नेपाल चलचित्र जेरीको यसै ताल परिसरमा छायाँङ्कन भएको छ । ठ्याक्कै हेर्दा मुटु आकारमो देखिने ताल आफैमा अनौठो र प्राकृतिक मनोरम छ । सोही तालसम्बन्दी तयार पारिएको एक रिपोर्ट ।