२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सगरमाथा, सिता र बुद्धले देश चिनाउन सकेनछ, एक रातको कार्यक्रमले चिनाउँछ !’ (भिडियो)

१६ असार २०७६, सोमबार ०२:४९

असार १६, काठमाडौँ | भारतको प्रतिष्ठित आइफा अवार्डलाई नेपाली ढुकुटीबाट पैसा दिने निर्णयबारे चौतर्फी बिरोध भईरहँदा आइतबार काठमाडौँको माइतीघर परिसरमा राजनीतिक दल तथा स्वतन्त्र युवाहरुले बिरोध पर्दर्शन गरे । बिरोध पर्दर्शनमा बिभिन्न कलाकार, पत्रकार, साधारण नागरिक र कलाकारहरुको उपस्थिति रहेको थियो ।

उक्त विरोध कार्यक्रममा नायक नवल खड्काले सरकारको व्यंग्य गर्दै सगरमाथा, सिता र गौतम बुद्धले देश चिनाउन सकेनछ भन्ने अभिव्यक्ति दिंदै एक रातको कार्यक्रमले चिनाउँछ ? भन्दै व्यंग्य गरे । उनले भने 'देशकै राष्ट्रिय पुरस्कारका लागि राष्ट्रपतिले एक घण्टा समय छुट्याउन नसक्ने तर विदेशको निजी अवार्डका लागि ढुकुटी नै रित्याउने ? सरकारको नेपाली फिल्म क्षेत्रप्रतिको दृष्टिकोण के हो भन्ने यही उदाहरणले छर्लंग पार्छ ।' 


सरकारकै खर्चमा भारतीय इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) अवार्ड गर्न लागिएको भन्दै विद्यार्थी संगठन अखिल छैटौंका नेता तथा कार्यकर्ताले बिभिन्न  बिरोधस्वरूपका नारा लेखिएको प्लेकार्ड आफ्नो छातीमा टासेर विरोध प्रदर्शन गरे । उनीहरुले 'नेपालको पर्यटनमा लगानी गर', 'आइफामा लगानी, भारतको गुलामी' लेखिएका प्लेकार्डसहित विरोध गरे, जसमा चलचित्रकर्मीहरुको समेत ऐक्यबद्धता रहेको थियो । उनीहरुले विदेशी पाहुना नेपालमा आउनु गौरवको कुरा भएपनि नेपालले आफ्नो ढुकुटी खर्चेर ल्याउनु आफूहरुलाई पाच्य नभएको बताए । नेपालको जनताको तिरेको करले आइफा अवार्ड गर्न लागेको भए आफूहरुले उक्त कार्यक्रमलाई अवरोध गर्ने पर्दर्शनकारीहरुले बताएका छन् । 


माइतीघरमा मात्र नभई आइतबार बिभिन्न संचार माध्यम मार्फत कलाकारहरुले आइफा अवार्डलाई नेपाल सरकारले पैसा दिने बिषयको नकारात्मक टिप्पणी दिएका छन् । कलाकारहरुले नेपाली कलाकारको सम्मानमा खर्च नगर्ने सरकारले एक रातको अवार्डमा करोडौं खर्च गर्नु लज्जास्पद भएको टिप्पणी दिएका छन् । 

भारतको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) नेपालमा आयोजना गर्न मन्त्रिपरिषद् बैठकले ४४ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको थियो । सरकारले नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवद्र्धनका लागि भन्दै आइफा अवार्ड २०१९ का लागि यति ठूलो बजेट विनियोजन गरेपछि विरोधको शृंखला सुरु भएको हो । 

भिडियोमा हेर्नुहोस् पर्दर्शनको झलकहरु 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता