१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मदन पुरस्कार विजेता अमर न्यौपानेको सर्ट फिल्म “देशमाथि” सार्वजनिक

२८ चैत्र २०७६, शुक्रबार १४:३९

चैत २८, स्कटल्याण्ड ।  मदन पुरस्कार विजेता  चर्चित साहित्यकार  अमर न्यौपानेको कथा रहेको सर्ट फिल्म "देशमाथि" युट्युब च्यानलबाट  सार्वजनिक भएको छ।  विदेशमा कर्मथलो बनाएर बसेपनि नेपालीहरुको मन सदैव देशमाथि नै रहेको हुन्छ भन्ने  कथा रहेको उक्त सर्ट फिल्मको छायांकन नेपाल र बेलायतमा  गरिएको थियो । 

अनुभवी र सफल  निर्देशक दिपेश रेग्मीको निर्देशन/सम्पादन  रहेको उक्त उक्त सर्ट फिल्ममा विशाल ढकालको मुख्य भूमिका रहेको छ।  यसैगरि भैरब रेग्मी, रामचन्द्र बाँस्तोला, पार्वती बाँस्तोला, संजय अग्रवाल,बेद पण्डित, बिष्णुबाबु देबकोटा र रामनगर माध्यमिक विद्यालयका विद्यार्थीहरुको अभिनय रहेको छ । 


नेपालमा मास्टर्स सकेर पनि आरक्षण र नातावाद /कृपावाद को कारण  उचित काम नपाएर विदेसिएको देशप्रेमी  युवकको कथा उक्त सर्ट फिल्ममा समेटिएको छ।  बेल्जियम मा रहेको   तेजेन्द्र कंडेल फिल्म्स ( तेजेन्द्र कंडेल ) ले निर्माण गरेको  उक्त सर्ट फिल्मको सह निर्माता सोमनाथ शर्मा मेमोरियल ट्रष्ट ( सोहन घिमिरे, बेलायत )  रहेको छ।  फोस्तास तालकाले छायांकन गरेको "देशमाथि" को अंग्रेजी सबटाइटल आर्जब पौडेलको रहेको छ।   उक्त सर्ट फिल्म  रो प्रोडक्सन युकेको  युट्युब च्यानलमा https://www.youtube.com/watch?v=qErY2bmwuO4 मा हेर्न सकिने छ। 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल