चैत २८, काठमाडौं । हनुमान चालिसाको नेपाली भर्सन भजन सार्वजनिक भएको छ । ‘पर्दै गुरु शरणमा म विनम्रताले’ बोलको भजनमा भानुभक्त न्यौपानेको अनुवाद तथा भविन ढुंगानाको संगीत र स्वर छ ।
वसन्ततिलका छन्दमा तयार पारिएको भजनमा हनुमानको गुणगान गाइएको छ । भिडियोलाई ट्रेन्डिङ नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतकार भानुभक्तका अनुसार सम्भवत हनुमान चालिसालाई नेपाली भर्सनमा भजनमार्फत ल्याइएको यो पहिलो गीत हो ।
‘मैले निकै मेहनतका साथ हनुमान चालिसालाई नेपालीमा अनुवाद गरेर यो भजन बनाएको छु’ गीतकार न्यौपाने भन्छन्, ‘अहिलेको जटिल परिस्थितिमा घरमै भगवानको नाम सम्झनाका लागि यो गीतले सहयोग पुर्याउनेछ ।