सन्तोषकुमार गुप्ता | साउन ११, दाङ  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | साउन ११, दाङ 
२०८२, १५ फाल्गुन शुक्रबार
दाङ्ग - DNG

दङ्गाली चेली गहतराजको तीज कोशेली “मलाई बिगार्यो छोटो जामाले” बजारमा

२०७३, ११ श्रावण मंगलवार १५:४९

सन्तोषकुमार गुप्ता | साउन ११, दाङ  | नवगायिका सलिना गहतराज बि.सि.को तिज गीत “मलाई बिगार्यो छोटो जामाले” बजारमा आएको छ । यस अघि नृत्य तथा मोडलिङ्ग क्षेत्रमा सकृय गहतराजको पहिलो तीज गीत कोसेली चर्चित तथा स्थापित गायक तिलक वलीको स्वरमा सजिएर बजारमा आएको शब्द लय संकलक सुनिल बिसीले जानकारी दिनुभयो । 

बजारमा आउनु भन्दा अगावै अडियो युट्युवमा सर्वाधिक रुचाईएको बताईएको छ । संचारकर्मी तथा रंगकर्मीको रुपमा परिचित गहतराजको “मलाई बिगार्यो छोटो जामाले”गीतको ऐरेञ्जर स्वयं तिलक वली रहनुभएको छ भने उत्पादन तथा बितरणको जिम्मेवारी गाउबेसी म्युजिक प्रा.लि.ले गरिरहेको सुनिल बिसीले जानकारी दिनभयो । गहतराजको पहिलो गीत लाईमाया गरिदिन तिलक वलीले आग्रह गर्नुभएको छ । चर्चित तथा सफल मोडल शंकर बिसी, सलिना गहतराज बिसी,अ मृत बिक, मनिषा बस्नेत, चन्द्रभुसन चौधरी र श्रीजना बिकको दमदार अभिनय रहेको “मलाई बिगार्यो छोटो जामाले” गीतको म्युजिक भिडियो लाई यू ट्युवमा हाल सम्म सर्वाधिक रुचाईएको दावी गरिएको छ । 

दाङ जिल्लाको घोराही नगरपालिकामा जन्मन ुभएकी गहतराजको नृत्य र अभिनयमा बिषेसज्ञता रहेको छ । गहतराज बिसी यस अघि आयोजना गरिएको मध्यपष्चिमाञ्चल अभिनय प्रतिस्पर्धामा फस्टरनर अप समेत भईसक्नु भएको छ । हाल सम्म दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएकी गहतराज नृत्य तथा अभिनय बिद्यामा सयौ स्टेजहरुमा पर्रफमेन्स दिई सकनुभएको छ । दर्जनौ संघसंस्थाहरुमा संलग्न गहतराजले उत्पादन गरेका शिष्यहरु नृत्य तथा अभिनय बिद्यामा पारंगत भईसकेर आफुलाई प्रमाणित गरिसकेका छन् । सुमधुर स्वरकी धनी गहतराज कुसल कोरियो ग्राफर तथा डान्स डाईरेक्टरसमेत हुनुहुन्छ । डिटेन ईन्टरटेन्मेन्टले आयोजना गरिरहेको मध्यपस्चिमाञ्चल स्तरीय नृत्यको महासंग्राम डान्स आईकन दाङ (डिआईडि)को जज समेत हुनुहुन्छ । लगत्तै गहतराजको आधुनिक गीत समेत बजारमा ल्याउन तयारी गरिरहनुभएको गहतराज नेपालमा एक आशा लाग्दो नाम भएर उदय भएको गहतराजलाई नजिक बाट चिन्नेहरुले बताउछन् । गहतराजको गित हेर्न यू ट्युबमा तिलक वली तजी संग २०७३ सर्च गरेर हेर्न सकिन्छ । 

भिडियो पनि हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा