२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य ‘बाँसैको चोयाले’ युटुवमा (भिडियो)

२२ आश्विन २०७७, बिहीबार १३:२६

असोज २२, काठमाडौं । 'बाँसैको चोयाले' वोलको लोक तथा दोहोरी गीत युटुवमा सार्वजनिक भएको छ ।

चर्चित गीतकार, संगीतकार तथा लोक तथा दोहोरी उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्सालको शब्द तथा संगीतमा 'बाँसैको चोयाले' वोलको गीत तय भएको हो ।


गीतमा कल्चरल ताथ चर्चित गीत ‘फूल जस्तै’का गायक बल बहादुर गुरुङ (बिबि) र कल्चरल गायिका मनमाया वाईवाको सुमधुर स्वर रहेको छ ।

यो गीत बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य हो । यस अघि उनीहरुको सहकार्यमा 'फुलजस्तै' बोलको गीत सार्वजनिक भएको थियो । 

हाल सार्वजनिक 'बाँसैको चोयाले' बोलको गीतको कोरस भोकलमा गायिका गीता सेन्चुरी, सरु थापा, गायक गंगा पुन, सुखदेव अधिकारीले स्वार दिएका छन् । गीतलाई कृष्ण बिकले संगीत संयोजन गरेका हुन् ।

मारुनी डिजिटल रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको यस गीलाई सुमन रानाले टेक लिएका हुन् भने मास्टरिङ तथा मिक्सिङ कुमार रानाले गरेका हुन् ।


‘बाँसैको चोयाले’को म्युजिक भिडियोतर्फ पुरानै टीम दोहोरीएका छन् । जसमा निर्देशक मौसम हिमालीले भिडियोलाई निर्देशन गरेका छन् । हिमालीले अघिल्लो गीत ‘फूल जस्तै’मा पनि निकै उत्कृष्ट निर्देशन गरेका थिए ।

निर्देशक हिमालीले मोडलद्वाय निर आले र रुबिना अधिकारीलाई छमछमी नचाएका छन् ।


म्युजिक भिडियोलाई चर्चित छांयाकार करन चैसिरले छांयाकन गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । 

यस 'बाँसैको चोयाले' वोलको गीतलाई बिबि गुरुङ युट्युव च्यानलबाट सम्पुर्ण दर्शक तथा स्रोतामाझ सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते