४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बाइक राइड पछि ट्राफिकको कारवाहीमा अमिताभ बच्चन र अनुष्का शर्मा !

४ जेष्ठ २०८०, बिहीबार ०६:०१

जेठ ४, काठमाडौँ । मुम्बई ट्राफिक प्रहरीले अमिताभ बच्चन र अनुष्का शर्मालाई मोटरसाइकल चढाउने चालकलाई जरिवाना गरेको छ ।

वास्तवमा केही दिनअघि मात्र अमिताभ बच्चनले एउटा तस्बिर शेयर गरेका थिए जसमा उनी बाइकमा सवार देखिन्छन्। लिफ्ट लिएर कतै जाँदै गरेका अमिताभ र बाइक चालक दुबैले हेलमेट लगाएका छैनन् ।


यसलगत्तै सामाजिक सञ्जालमा बलिउड अभिनेत्री अनुष्का शर्माको एउटा भिडियो पनि शेयर भएको थियो। सो भिडियोमा उनी बाइकमा बसेकी देखिएकी थिइन् । अनुस्का र उक्त बाइकका चालकले पनि हेल्मेट लगाएका थिएनन्।

 यसै कारण दुवै स्टार सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परेका छन् । मानिसहरूले मुम्बई पुलिसलाई ट्याग गरेर यो कुरा उठाएका थिए।

'हेल्मेट बिना मुम्बईको सडकमा हिँडेकोमा अमिताभ र अनुष्का दुवैलाई बाइक चालकको माध्यमबाट जरिवाना लगाइएको छ', एक वरिष्ठ प्रहरी अधिकारीले भने।

मुम्बई ट्राफिक पुलिसले ट्विटरमा दुबै सवारीका चालकहरूलाई जारी गरिएको चालानको प्रतिलिपि पनि साझा गरेको छ।

पुलिस अधिकारीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको गुनासोलाई ध्यानमा राख्दै, प्रहरीले मोटरसाइकल चालकलाई चालान जारी गर्यो र १० हजार ५ सय भारु जरिवाना लगायो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता