२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतीय केन्द्रीय बैंकले २ हजार दरका नोट प्रचलनमा नल्याउने गर्यो निर्णय

२०८०, ६ जेष्ठ शनिबार ०६:५४

जेठ ६, नयाँ दिल्ली | भारत सरकारले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । ‘भारतीय रिजर्भ बैंक’ ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय लिएको थियो । 

भारतीय केन्द्रीय बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म सर्वसाधारणले बैंकका गएर सो नोटको सटही गर्न सक्नेछन् । 

सर्वसाधारणले आफूँसँग भएको २ हजार दरको नोट खातमा जम्मा गर्न सक्नेछन् भने जुनसुकै बैंकबाट नोट सटही पनि लिन सक्नेछन।  केन्द्रीय बैंकले २ हजार दरको नयाँ नोट अब जारी नहुने पनि स्पष्ट गरेको छ । हाल बजारमा २ हजार दरका ३.६२ करोड रुपैयाँ भारु बजारमा रहेको जनाइएको छ ।

२ हजार को नोट पहिलो पटक नोभेम्बर २०१६ मा आरबीआई ऐन १९३४ को धारा २४(१) अन्तर्गत जारी गरिएको थियो। ५०० र १००० दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न २ हजारका नोट जारी गरिएको थियो ।

साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८-१९ मा २ हजारका नोट छाप्न रोकिएको थियो । आरबीआईका अनुसार २ हजार को ८९ प्रतिशत नोट मार्च २०१७ अघि जारी गरिएको थियो। आरबीआईले आफ्नो क्लिन नोट नीति अन्तर्गत नोटहरू बन्द गर्दछ वा नयाँ नोटहरू जारी गर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से