४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतीय केन्द्रीय बैंकले २ हजार दरका नोट प्रचलनमा नल्याउने गर्यो निर्णय

६ जेष्ठ २०८०, शनिबार ०६:५४

जेठ ६, नयाँ दिल्ली | भारत सरकारले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । ‘भारतीय रिजर्भ बैंक’ ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय लिएको थियो । 

भारतीय केन्द्रीय बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म सर्वसाधारणले बैंकका गएर सो नोटको सटही गर्न सक्नेछन् । 

सर्वसाधारणले आफूँसँग भएको २ हजार दरको नोट खातमा जम्मा गर्न सक्नेछन् भने जुनसुकै बैंकबाट नोट सटही पनि लिन सक्नेछन।  केन्द्रीय बैंकले २ हजार दरको नयाँ नोट अब जारी नहुने पनि स्पष्ट गरेको छ । हाल बजारमा २ हजार दरका ३.६२ करोड रुपैयाँ भारु बजारमा रहेको जनाइएको छ ।

२ हजार को नोट पहिलो पटक नोभेम्बर २०१६ मा आरबीआई ऐन १९३४ को धारा २४(१) अन्तर्गत जारी गरिएको थियो। ५०० र १००० दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न २ हजारका नोट जारी गरिएको थियो ।

साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८-१९ मा २ हजारका नोट छाप्न रोकिएको थियो । आरबीआईका अनुसार २ हजार को ८९ प्रतिशत नोट मार्च २०१७ अघि जारी गरिएको थियो। आरबीआईले आफ्नो क्लिन नोट नीति अन्तर्गत नोटहरू बन्द गर्दछ वा नयाँ नोटहरू जारी गर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा