४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इमरान खान आज पुनः पक्राउ पर्ने सम्भावना, समर्थकलाई शान्त रहन आग्रह

९ जेष्ठ २०८०, मंगलवार ०५:३६

एजेन्सी |  पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खान अल–कादिर ट्रस्टको अनुसन्धानका लागि आज इस्लामावादमा एनएबीसमक्ष उपस्थित हुने भएका छन् । उनी आफ्नी श्रीमती बुशरा बीबीसँग लाहौरबाट प्रस्थान भइसकेका छन् । 

यस मामिलामा इमरान खान फेरि पक्राउ पर्ने आशङ्का छ । इमरान खानले आफ्ना समर्थकहरूलाई पक्राउ परेमा शान्ति कायम राख्न आग्रह गरेका छन् ।

बीबीसी संवाददाता तारब असगरका अनुसार इमरान खानसँग पार्टीका कुनै नेता वा कार्यकर्ता छैनन् ।

हिजो इमरान खानले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफू र आफ्नी श्रीमतीलाई इस्लामाबादमा गिरफ्तार हुने डर लागेको बताएका थिए ।

यसैबीच, इमरानले अदियाला जेल बाहिर पार्टी नेतृ शिरीन मजारीको पुनः गिरफ्तारीको निन्दा गरे ।

ट्विट गर्दै उनले भने, ‘यो सुशासनले उँधो गति लिइरहेको छ । उनको स्वास्थ्य अवस्था नाजुक रहेको र अदालतले धरौटीमा रिहा भए पनि उनी फेरि पक्राउ परेका हुन् । यो उनको हिम्मत तोड्ने प्रयास हो ।’

उनले लेखे, ‘शिरिन मजारी टुट्ने छैनन् किनभने उनी मेरो जीवनमा भेटेको सबैभन्दा साहसी व्यक्ति हुन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा