२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अवतरण गर्नुअगाडि नै विमानको ढोका खुलेपछि…

२०८०, १२ जेष्ठ शुक्रबार ०७:५२

जेठ १२, काठमाडौँ | विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । 

देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरण अगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ । संयोगले भवितव्यबाट जोगिए पनि केही यात्रीलाई श्वासप्रश्वासमा कठिनाई भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।

ढोका खुला राखेरै विमान अवतरण गरिएको घटनाको छानविन भइरहेको छ । डेगु विमानस्थल राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । घटना आज मध्याह्नको हो । विमानको ढोका अवतरण हुनुअघि नै खोलेपछि प्रहरीले एक जनालाई समेत पक्राउ गरेको छ।

एशियाना एयरलाइन्सको फ्लाइट ओजेड ८१२४ दक्षिण कोरियाको देगु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारीमा थियो। तर, विमान अवतरण हुनुअगाडि नै ढोका खुल्यो। विमान कम्पनीका अधिकारी तथा दक्षिण कोरियाली यातायात मन्त्रालयका अनुसार कुनै एक यात्रुले उडिरहेको विमानको आपत्कालीन ढोका खोलिदिएका थिए।

घटनामा कोही पनि घाइते भएन, विज्ञप्तिमा भनिएको छ, केही यात्रुहरूलाई आतंक र सास फेर्न गाह्रो भएकोले अस्पतालमा सारिएको छ। एसियाना एयरलाइन्सका अधिकारीहरूले विमानको ढोका बाहिर निस्कने नजिकै बसेका यात्रुहरूमध्ये एकले ढोकाको ह्यान्डल छोएको हुनसक्ने बताए। विमान अवतरणको तयारीमा रहेका बेला जबरजस्ती ढोका खोल्ने प्रयास गरेको आशंकामा प्रहरीले ३० वर्षका एक पुरुष यात्रुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

यद्यपि विमान सुरक्षित रूपमा अवतरण गर्‍यो। अवतरणपछि करीब ३० वर्षीय ती ढोका खोल्ने व्यक्तिलाई पक्राउ गरियो। उनले कुन उद्देश्यले ढोका खोले भन्नेबारे खुलाइएको छैन। घटनापछि यात्रुहरू आत्तिएका थिए। आधा दर्जन यात्रुलाई श्वासप्रस्वासमा अफ्ठ्यारो भएको थियो। उनीहरूलाई अस्पताल लगिएको बीबीसीले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

विमानको ढोका कति समयसम्म खुला रह्यो भन्ने बताइएको छैन। दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार भने स्थानीय समय १२:४५ तिर खुलेको थियो। अर्थात् विमान अवतरण हुनै लागेको बेला। विमानमा थुप्रै बालबालिका समेत थिए। ‘बच्चाहरू आत्तिएका  थिए, रोएका थिए,’ एक अभिभावकले भने। एशियाना एयरलाइन्सका अनुसार प्रहरीले घटनाबारे अनुसन्धान शुरू गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान