२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतको मणिपुरमा जातीय झडप : कम्तीमा ४० को मृत्यु, हजारौँ विस्थापित

२०८०, १५ जेष्ठ सोमबार ०६:३२

जेठ १५, काठमाडौँ | भारतको उत्तर पूर्वी राज्य मणिपुरमा जारी प्रदर्शनले हिंसात्मक रूप लिँदै गएको छ ।

बहुल मेइतेई जातिको आर्थिक कोटा विस्तार गर्ने योजनालाई लिएर आदिवासी समूह र मेइतेई समूह बिच गत मे ३ बाट सुरु भएको झडपका कारण हाल ४० जनाको मृत्यु भएको तथा हजारौँ विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल्जाजिराले जनाएको छ ।

मृत्यु हुने मध्य २ जना भारतीय प्रहरी रहेका छन् ।

‘आतङ्ककारीहरूले M-16 र AK-47 आक्रमण राइफल र स्नाइपर बन्दुकहरू प्रयोग गरिरहेका छन्। उनीहरू धेरै घरहरू समेत जलाएका छन् ।’

मुख्यमन्त्री एन बिरेन सिंहलाई उध्रदत गर्दै अल्जाजिराले जनाएको छ ।

‘हामीले सेना र अन्य सुरक्षा बलको सहयोगमा उनीहरूविरुद्ध कडा कारबाही सुरु गरेका छौँ । हामीलाई प्राप्त रिपोर्ट अनुसार हाल सम्म ४० आतकंकारीहरुको मृत्यु भएको छ’, सिंहले भनेका छन् ।

बंगलादेश, चीन र म्यानमारको सिमाना रहेको यो क्षेत्रमा पहिलाबाट जातीय टकराबको अवस्था थियो । झडपबाट विशेष गरी कुकी समुदायलाई बढी क्षति पुगेको बताइएको छ ।

मेइतीलाई सरकारी जागिर तथा अन्य सुविधा सहितको कोटा सुनिश्चित गर्ने तयारी पश्चात सो क्षेत्रमा तनावको अवस्था सिर्जना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से