४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाँचौँ उपाधि चुमेपछि धोनीको ‘मुड’ बदलियो, तत्काल सन्यास नलिने

१६ जेष्ठ २०८०, मंगलवार ०८:२०

जेठ १६, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाइ सुपर किङ्स (सिएसके)ले सोमबार राति डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई हराउँदै पाँचौं पटक उपाधि जित्त्यो । उपाधि जितेपछि टिमका कप्तान महेन्द्रसिंह धोनीले आफूले अहिल्यै सन्यास नलिने बताउँदा समर्थकमा खुसीको लहर छाएको छ।

कोलकाताको नरेन्द्र मोदी स्टेडियममा गुजरातलाई ५ विकेटले पराजित गर्दा ४१ वर्षीय कप्तान धोनीले यस सिजनपछि क्रिकेटबाट सन्यास लिने अड्कल गरिएको थियो। तर उनले समर्थकको मायाका कारण अझ एक प्रयास गर्ने बताए। उमेरले ४१ पुगिसकेका भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी अझै पनि व्यावसायीक क्रिकेटमा रमाइरहेका छन् । 

धोनी आफैले पनि कतिपय अवसरमा यस्तो संकेत गरेका थिए । तर, सोमबार राति धोनीकै कप्तानीमा चेन्नई सुपर किङ्ग्स पाँचौँ पटक आईपीएलको उपाधि जितेपछि भने एकाएक धोनीको ‘मुड’ बद्लिएको छ । उनले आफू अझै सक्रिय खेल जीवनमा रमाउन चाहेको बताएका छन् ।

धोनीले तत्काल सक्रिय खेलजीवनबाट सन्न्यास नलिने बताए । आफूले अझै पनि समर्थकहरुबाट अपार मायाँ पाइरहेकाले तत्काल खेलजीवनबाट सन्न्यास नलिने प्रतिक्रिया दिएका छन् । धोनी नेतृत्वको चेन्नईले सोमबार राति सम्पन्न आईपीएलको फाइनलमा बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको थियो ।

चेन्नईका समर्थकहरूले पनि क्लबका लागि दोहोरो खुसीको क्षण भएको प्रतिक्रिया दिँदै सामाजिक सञ्जालहरूमा खुसीयाली मनाइरहेका छन् । एकातिर चेन्नईले पाँचौँ उपाधि जितेको खुसी अनि अर्कोतिर, धोनीले तत्काल सन्न्यास नलिने खुसी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा