२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हार्दिक पाण्ड्या भन्छन्- धोनीसँग हार्दा मलाई केही चिन्ता छैन

२०८०, १६ जेष्ठ मंगलवार १०:५२

जेठ १६, काठमाडौँ | साविक विजेता गुजरात टाइटन्स आईपीएल २०२३ को फाइनलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएपछि उसका कप्तान हार्दिक पाण्ड्याले महेन्द्रसिंह धोनीसँगको हारमा आफूलाई कुनै चिन्ता नरहेको बताए । पाण्ड्याले धोनीलाई आफ्नो गुरु मान्छन् ।

वर्षाले प्रभावित खेलमा चेन्नाईलाई अन्तिम २ बलमा १० रन आवश्यक थियो । मोहित शर्माको बलमा रविन्द्र जडेजाले लगातार छक्का र चौका प्रहार गरी टिमलाई जित दिलाए ।


‘म धोनीका लागि धेरै खुसी छु,’ खेलपछि पाण्ड्याले भने, ‘भाग्यले उनका लागि यही लेखेको थियो । यदि मलाई हार्नु छ भने उनीसँग हार्नुमा आनन्द छ । मैले गत वर्ष पनि भनेको थिएँ, राम्रो मान्छेहरुसँग नै राम्रो कुरा हुन्छ । उनी मैले अहिलेसम्म भेटेका सबैभन्दा राम्रो मान्छेमध्येका हुन् । भगवानले मलाई सहयोग गरेका छन् । मेरो विचारमा आज भगवानले उनलाई थोरै बढी आशिर्बाद दिए ।’

२१ वर्षे युवा खेलाडी साइ सुदर्शनले ४६ बलमा ९६ रन बनाएको खेलमा गुजरातले पहिले ब्याटिङ गरी २१४ रनको योगफल खडा गरेको थियो । तर, दोस्रो इनिङ्स सुरु भएलगत्तै वर्षाले खेल रोकियो । वर्षा रोकिएपछि ओभर घटाइएको खेलमा चेन्नाईले जितका लागि १५ ओभरमा १७१ रन बनाउनुपर्ने भयो ।

वर्षाले गुजरातको सम्भावना कमजोर बनाइदिएको हो ? भन्ने प्रश्नमा हार्दिकले भने, ‘म ती मान्छेहरुमा पर्दिन जो बहाना बनाउँछन् । चेन्नाईले हाम्रोभन्दा राम्रो क्रिकेट खेल्यो । जसरी हामीले ब्याटिङ गरेका थियौं त्यो वास्तवमै अदभूत थियो । विशेष रुपले साईको भूमिका राम्रो थियो । म उनको राम्रो भविष्यको कामना गर्दछु ।’

गुजरातले उपाधि रक्षा गर्न नसके पनि पूरा सिजन उनीहरुका लागि सकारात्मक थियो । कुल ८९० रन बनाएका शुभमन गिल आईपीएलको एक सिजनमा सबैभन्दा धेरै रन बनाउने दोस्रो खेलाडी बने । मोहम्मद सामी २८ विकेटका साथ सर्वाधिक विकेट लिगे बलर बने । मोहित शर्मा र राशिद खान २७–२७ विकेटका साथ संयुक्त रुपमा दोस्रो बने ।

‘म उनीहरुका लागि खुसी छु,’ पाण्ड्याले भने, ‘उनीहरुको सर्वश्रेष्ठ प्रदर्शनका लागि हामी सबै साथमा थियौं । मोहित, शामी, राशिद र अरु सबैले जसरी तयारी गरे र आआफ्नो जिम्मेबारी लिए त्यसैले हामी यहाँ छौं ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से