२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पृथ्वीले पायो नयाँ चन्द्रमा

२०८०, १७ जेष्ठ बुधबार ११:३२

एजेन्सी | हालैको एक अध्ययनले पृथ्वीमा नयाँ चन्द्रमा वा ‘अर्ध–चन्द्रमा’ रहेको खुलासा गरेको छ । यो चन्द्रमा क्वासी मून अर्थात् अर्ध–चन्द्रमा हो । क्वासी–मून स्पेस रक (क्षुद्रग्रह) हो जसले पृथ्वी र सूर्य दुवैको चक्कर लगाउँछ तर सूर्यको गुरुत्वाकर्षणले बाँधिएको हुन्छ । सहज शब्दमा भन्ने हो भने सूर्यले स्पेस रकलाई आफूतिर तान्छ । 

अन्तरिक्षयात्रीले हवाईको Pan-STARRS टेलिस्कोपको मद्दतले 2023 FW13 नामका क्वासी मूनबारे पत्ता लगाएको हो । अन्तरिक्ष यात्रीका अनुसार यो २१०० वर्ष (१०० बीसी) देखि पृथ्वीको आसपास नै थियो । यसबारे अहिले मात्रै पत्ता लागेको हो । यसले अबको १५ सय वर्ष अर्थात् सन् ३७०० सम्म पृथ्वीको चक्कर लगाउनेछ । त्यसपछि यसले पृथ्वीको कक्ष छोड्नेछ । यसबाट पृथ्वीलाई कुनै खतरा हुने छैन ।


2023 FW13 ले सूर्यको चारैतिर त्यति नै समयमा चक्कर लगाउँछ जति समयमा (३६५ दिन) पृथ्वीले लगाउँछ । साथै यसले पृथ्वीको चारैतिर पनि चक्कर लगाउँछ ।

क्वासी मूनलाई क्वासी–स्याटलाइट पनि भनिन्छ । यसले चन्द्रमाले झैँ पृथ्वीको परिक्रमा गरिरहेको छ । तर यो पृथ्वीको साटो सूर्यको गुरुत्वाकर्षणले बाँधिएको छ । त्यसैले पनि यसलाई क्वासी भनिएको छ । यता चन्द्रमा भने पृथ्वीको गुरुत्वाकर्षणले बाँधिएको हुन्छ ।

त्यसो भए, यो हाम्रो चन्द्रमा भन्दा कसरी भिन्न छ ?

नयाँ चन्द्रमा 2023 FW13 ले पृथ्वीको हिल स्फियर बाहिर चक्कर लगाउँछ । ‘हिल स्फियर’ कुनै पनि ग्रहको एक यस्तो हिस्सा हो जहाँ ग्रहको गुरुत्वाकर्षण बल सबैभन्दा धेरै शक्तिशाली हुन्छ । यसै बलका कारण उपग्रह, ग्रहतिर तानिन्छन् । पृथ्वीको ‘हिल स्फियर’ को रेडियस १.५ मिलियन किलोमिटर हो जबकि 2023 FW13 को रेडियस योभन्दा ठुलो अर्थात् १.६ मिलियन किलोमिटर हो । यस्तै, हाम्रो चन्द्रमाको हिल स्फेयरको रेडियस ६० हजार किलोमिटर मात्रै छ ।

यो स्पेस रक जुन कक्षमा छ त्यसको आधा बाटोमा मङ्गल ग्रह र आधा बाटोमा शुक्र ग्रह छ ।

पहिलो पटक मार्च २०२३ मा देखिएको थियो, आकारबारे थाहा छैन

2023 FW13लाई पहिलो पटक २८ मार्चमा Pan-STARRS टेलिस्कोपबाट देखिएको थियो । अब यसको अस्तित्वको पुष्टि भएको छ । यसलाई इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनको माइनर प्लानेट सेन्टरमा सूचीबद्ध गरिएको छ । 2023 FW13  कति ठुलो छ भन्नेबारे जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से