३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अन्तरिक्षमा गएर बिहे गर्दै अमेजन सीईओ जेफ बेजोस, को हुन् उनकी प्रेमिका ?

१८ जेष्ठ २०८०, बिहीबार ०९:३८

एजेन्सी | विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिको रुपमा रहिसकेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस आफ्नो प्रेम सम्बन्धको समाचारका कारण पछिल्लो केही समयदेखि चर्चामा रहँदै आएका छन् ।

५९ वर्षीय बेजाेसले छिटै नै ती प्रेमिकासँग बिहे गर्न लागेको बताइन्छ । वास्तवमा अमेजन मालिकको त्यो बिहे कुनै सामान्य खालको बिहे त पक्कै हुनेछैन । होस् पनि कसरी ? बेजोसले पृथ्वीमा होइन कि अन्तरिक्षमा गएर बिहे गर्न सक्छन् । आफ्नै कम्पनीको रकेट चढेर अन्तरिक्षमा पुग्ने व्यक्तिको कीर्तिमान बनाइसकेका बेजोस योसँगै अन्तरिक्षमा बिहे गर्ने पहिलो व्यक्ति पनि हुनेछन् ।


बेजोसकी हुनेवाला पत्नी को हुन् त ?

बेजोसकी हुनेवाला पत्नीको नाम लरेन सान्चेज हो । ५३ वर्षीया लरेन एमी पुरस्कार विजेता पत्रकारका साथै हेलिकप्टर पाइलट पनि हुन् । लरेनले आफ्नो इन्स्टाग्राम पेजमा पछिल्लो दिनमा बेजोससँगका तस्वीर तथा भिडियोहरु शेयर गर्ने गरेकी छिन् । उनीहरुले समुद्रमा निजी याचमा चढेर विदा मनाइरहेको बेला उनीहरुको इन्गेजमेन्टको घोषणा भएको थियो ।

अमेरिकामा बस्ने लरेन सान्चेज सोसल मिडियामा निकै लोकप्रिय छिन् । इन्स्टाग्राममा उनका ३ लाखभन्दा धेरै फलोअर्स छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुका लागि रिपोर्टिङ गरिसकेकी छिन् । टेलिभिजन प्रस्तोताको रुपमा पनि उनी निकै चर्चित रहिन् ।

मिरर युकेको रिपोर्ट अनुसार ५३ वर्षीया सान्चेज र ५९ वर्षीय बेजोसको प्रेम सम्बन्धका खबरहरु पछिल्लो समयमा चर्चाको विषय बनिरहेका छन् । उनीहरु दुवै जनाको तस्वीर जब सार्वजनिक भयो त्यसमा सान्चेजको औंलामा हीराको औंठी देखियो । यति मात्र होइन उनीहरु कान्स फिल्म फेस्टिभलका बेला कान्सको तटमा याचमा आफ्नो विदा मनाइरहेको पनि देखिए ।

समाचार अनुसार उमेर छिप्पिएका बेजोस र सान्चेज छिटै बिहे गर्ने योजनामा छन्  । तर उनीहरुको बिहेको योजना सामान्य छैन । उनीहरु अन्तरिक्षमा बिहे गर्ने पहिलो जोडी हुनसक्छन् । बेजोसको कुरा गर्दा उनले यसअघि नै अन्तरिक्षको भ्रमण गरिसकेका छन् । सन् २०२१ मा उनी आफ्नो कम्पनी ब्लू ओरिजिनको न्यु शेफर्ड रकेटमा बसेर अन्तरिक्ष पुगेका थिए । उनी करीब १० मिनेटसम्म अन्तरिक्षमा रहे र १० मिनेटपछि चाहिं उनी बसेको क्याप्सुल पृथ्वीमा सकुशल फर्कियो । त्यो अन्तरिक्ष यात्रामा करीब साढे ५ अर्ब डलर खर्च लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट