४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ऐतिहासिक तेहेरो उपाधि जित्नेमा आत्मविश्वासी हालान्ड

१९ जेष्ठ २०८०, शुक्रबार ०८:३४

जेठ १९, काठमाडौँ | म्यान्चेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो क्लबलाई ऐतिहासिक तेहेरो उपाधि जिताउन जे पनि गर्ने बताएका छन् । सिटीले यसवर्ष प्रिमियर लिग जितेको छ । त्यसपछि शनिबार एफए कपको फाइनलमा म्यान्चेन्स्टर यूनाइटेड र जुन १० मा हुने च्याम्पियनन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराए किर्तीमान तेहेरो उपाधि जित्नेछ ।

यसअघि, तेहेरो उपाधि सन् १९९९मा यूनाइटेडले जितेको थियो । त्यसैले तेहेरो उपाधि जित्ने एकमात्रै इङलिस क्लब यूनाइटेड हो । यो वर्ष यूनाइटेडको कीर्तिमान बराबरी गर्ने अवसर सिटीलाई रहेको छ । ‘यो इतिहास रच्नु अविश्वासनिय हुनेछ,’ २२ वर्षीय हालान्डले भने ।


घरेलु प्रतियोगितामा वर्चश्व कायम गरेपनि सिटीले अहिलेसम्म च्याम्पियन्स लिग भने, जित्न सकेको छैन । त्यसैले यूरोपको प्रतिष्ठित प्रतियोगिता जित्न आफु सिटीका लागि भाग्यशाली बन्ने हालान्डले आशा राखेका छन् ।

‘पक्कैपनि उनीहरुले च्याम्पियन्स लिग जित्नकै लागि मलाई ल्याएका हुन् । यसमा लुकाउनुपर्ने कुरा केहिपनि छैन,’ हालान्डले बीबीसीका रिपोटरसँग भने ।

‘तेहेरो उपाधि जित्नुले धेरै अर्थ राख्छ, म यसका लागि आफुले गर्नसक्ने सबै गर्छु । यो मेरा लागि ठूलो सपना हो र पक्कै मेरो सपना पुरा हुन्छ भन्ने आशा गरेको छु,’ उनले थपे । ‘यद्यपी यो यात्रा सहज भने छैन । दुई राम्रो टिमहरुसँग फाइनल खेल्नुपर्नेछ । उनीहरुपनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनकै लागि आउनेछन्,’।

आर्सनलाई पछि पार्दै पेप ग्वार्डिओलको नेतृत्वमा सिटीले यो सिजनसहित लगातार तीन पटक प्रिमियर लिगको उपाधि उचाल्यो । सिटीको जितमा हालान्डले ३६ गोल गरे ।

‘पुरै सिजन कडा मेहेनत गरेका थियौं । प्रिमियर लिग जित्दा धेरै आनन्द भयो । अब बाँकी दुई वटा फाइनल छन् । हामी अहिले ‘भ्याकेसन’ अघि यसैमा केन्द्रित छौँ,’ हालान्डले भने ।

जर्मन क्लब बुरोसिया डर्टमन्डबाट गत वर्षको समरमा इङलिस फुटबल प्रवेश गरेका हालान्डले पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गरे । उनले प्रिमियर लिगको एकै सिजनमा सबैभन्दा बढी गोल गर्नै खेलाडीको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाए । उनले यस सिजन सबैखाले प्रतियोगितामा ५२ गोल गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट