३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

प्रेमिका गर्भवती हुँदा चकित परेका थिए ८३ वर्षका अभिनेता अल पचिनो, डिएनए परीक्षण गराए

१९ जेष्ठ २०८०, शुक्रबार ११:४२

एजेन्सी |  हलिउड अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन्न लागेका छन् । तर, यो खबर सुनेपछि सुरुमा उनलाई विश्वास लागेन । अल पचिनोलाई यो उमेरमा आइपुगेपछि आफू बुवा बन्छु भन्ने लागेको थिएन त्यसैले उनले परीक्षण गराउने निर्णय गरे । 

डिएनए परीक्षणमा भयो पुष्टि

यो खबर पप बेस नामको एक ट्विटर प्रयोगकर्ताले सेयर गरेको हो । यसमा लेखिएको छ, ‘८३ वर्षका अल पचिनो डिएनए परीक्षण गराउन चाहन्थे किनभने उनलाई यो उमेरमा आफू बुवा बन्न सक्छु भन्ने उनलाई लागेको थिएन ।’ 

अङ्ग्रेजी समाचार वेबसाइट टीएमजेडको रिपोर्ट अनुसार अल पचिनोलाई दुई महिनाअघि सम्म यसबारे कुनै जानकारी थिएन । यो कुरा थाहा पाएपछि उनी स्तब्ध भए । बच्चा आफ्नै हो भनेर उनले विश्वास गर्न सकेनन् । त्यसैले डिएनए परीक्षण गराए र बच्चा अल पचिनोको भएको पुष्टि भयो ।

को हुन् अल पचिनोकी प्रेमिका नूर अलफल्लाह ?

पेज सिक्सको रिपोर्ट अनुसार नूरको जो जतिसँग अफेयर रह्यो ती सबै ६० वर्षभन्दा माथिका सँग भए ।चाहे ती प्रसिद्ध गायक माइक जागर (७४ वर्ष) होउन् वा व्यापारी निकोलस बर्ग्रेन (६० वर्ष) नै किन नहुन् ।

यसबाहेक केही समयअघि उनी ९१ वर्षीय फिल्ममेकर क्लिन्ट इस्टवुडसँग पनि देखिएकी थिइन् । यद्यपि, नूरले क्लिन्ट ईस्टवुड आफ्नो पारिवारिक साथी मात्र भएको स्पष्ट पारे । नूर साधारण परिवारकी होइनन् । उनी कुवेतको धनी परिवारकी हुन् ।

अल पचिनो नूरका बुबाभन्दा जेठो हुन्

नूर र अल पचिनोको भेट कोरोना महामारीका बेला भएको थियो । यसै क्रममा दुवै एक अर्काको नजिक आए । दुबै पहिलो पटक भेनिस सहरमा सन् २०२२ को अप्रिलमा सँगै देखिएका थिए ।

त्यति बेला यी दुईलाई इटालियन रेस्टुरेन्टमा खाना खाइरहेको देखिएको थियो । त्यसपछि उनीहरूको मित्रताले सम्बन्धको नाम लियो । नूरलाई अल पचिनोको उमेरमा कुनै समस्या छैन, अल पचिनो उनको बुबाभन्दा जेठो भए पनि यसले उनीहरूको रोमान्टिक सम्बन्धमा केही दरार ल्याएको छैन ।

अल पचिनोको नाम धेरै महिलासँग जोडिएको छ

अल पचिनो यस पटक चौथो सन्तानको पिता बन्ने भएका छन् । उनले आफ्नो जीवनमा धेरै महिलालाई डेट  गरिसकेका छन् । उनले ४० वर्षीया इजरायली अभिनेत्री मीतल दोहानलाई डेट गरेका थिए । यसबाहेक उनको जोन टारेन्ट नामक एक अभिनय प्रशिक्षकसँग पनि सम्बन्ध थियो । यी दुईका छोरी  छन् । उनको नाम जुली मेरी हो । जुली मेरी ३३ वर्षकी भइन् ।

अल पचिनोले अभिनेत्री बेभर्ली डी’एन्जेलोलाई पनि डेट गरिसकेका छन् । अल पचिनो र बेभर्ली डी’एन्जेलोबाट दुई जुम्ल्याहा पनि छन् । दुवैको उमेर २० वर्ष छ । यस बाहेक जिल क्लेबर्ग, डियान किटन, पेनेलोप एन मिलर र क्याथलीन क्विनलान पनि अल पचिनोसँग सम्बन्धमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता