२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कतार जान लागेको विमानमा अचानक यात्रुले ‘विमानमा बम राखेको छ’ भन्दै चिच्याउन थालेपछि…

२०८०, २३ जेष्ठ मंगलवार ११:२६

एजेन्सी | कोलकाताबाट दोहाका लागि उड्न लागेको कतार एयरवेजको विमानमा एक युवकले विमानमा बम राखेको भन्दै कराउन थालेपछि हंगामा मच्चिएको छ । त्यसपछि चालक दलका सदस्यहरूले सीआईएसएफमा उजुरी गरेपछि उडानको खानतलासी गरिएको थियो। युवकका बुवाले उनको मानसिक अवस्था ठीक नभएको अधिकारीहरुलाई बताए ।

कतार एयरवेजको फ्लाइट क्युआर ५४१ कोलकाताबाट दोहा जाँदै थियो। विमानको उडान ढिलो भएको कारण एक युवकले यसमा बम छ भनेर कराउन थाले। विमानका चालक दलका सदस्यहरूले यसबारे सीआईएसएफलाई गुनासो गरेका थिए। सुरक्षाकर्मीले हतारमा विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालेका थिए ।

सोधपुछका क्रममा ती युवकले विमानभित्र बम भएको बारे कसैले बताएको दाबी गरेपछि स्निफर डगमार्फत विमानको जाँच गरिएको थियो । तर, ती युवकका बुबाले आफ्नो छोराको मानसिक अवस्था ठीक नभएको अधिकारीहरूलाई बताए । यस सम्बन्धमा उनले सीआईएसएफ अधिकारीहरूलाई कागजातहरू पनि देखाए।

उडानमा बम भएको हल्लाका कारण उडान ढिला भएको छ । यसअघि फेब्रुअरी महिनामा हैदरावादबाट चेन्नईका लागि उडेको विमानमा बम भएको खबर आएपछि लखनउको चौधरी चरण सिंह विमानस्थलमा विमानको आकस्मिक अवतरण गरिएको थियो । उडान हतारमा चेक गरियो। तर, बम निरोधक टोलीले बम फेला पारेन । बमको अफवाह फैलाउने व्यक्तिलाई प्रहरीले हैदराबादबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से