४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कतार जान लागेको विमानमा अचानक यात्रुले ‘विमानमा बम राखेको छ’ भन्दै चिच्याउन थालेपछि…

२३ जेष्ठ २०८०, मंगलवार ११:२६

एजेन्सी | कोलकाताबाट दोहाका लागि उड्न लागेको कतार एयरवेजको विमानमा एक युवकले विमानमा बम राखेको भन्दै कराउन थालेपछि हंगामा मच्चिएको छ । त्यसपछि चालक दलका सदस्यहरूले सीआईएसएफमा उजुरी गरेपछि उडानको खानतलासी गरिएको थियो। युवकका बुवाले उनको मानसिक अवस्था ठीक नभएको अधिकारीहरुलाई बताए ।

कतार एयरवेजको फ्लाइट क्युआर ५४१ कोलकाताबाट दोहा जाँदै थियो। विमानको उडान ढिलो भएको कारण एक युवकले यसमा बम छ भनेर कराउन थाले। विमानका चालक दलका सदस्यहरूले यसबारे सीआईएसएफलाई गुनासो गरेका थिए। सुरक्षाकर्मीले हतारमा विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालेका थिए ।

सोधपुछका क्रममा ती युवकले विमानभित्र बम भएको बारे कसैले बताएको दाबी गरेपछि स्निफर डगमार्फत विमानको जाँच गरिएको थियो । तर, ती युवकका बुबाले आफ्नो छोराको मानसिक अवस्था ठीक नभएको अधिकारीहरूलाई बताए । यस सम्बन्धमा उनले सीआईएसएफ अधिकारीहरूलाई कागजातहरू पनि देखाए।

उडानमा बम भएको हल्लाका कारण उडान ढिला भएको छ । यसअघि फेब्रुअरी महिनामा हैदरावादबाट चेन्नईका लागि उडेको विमानमा बम भएको खबर आएपछि लखनउको चौधरी चरण सिंह विमानस्थलमा विमानको आकस्मिक अवतरण गरिएको थियो । उडान हतारमा चेक गरियो। तर, बम निरोधक टोलीले बम फेला पारेन । बमको अफवाह फैलाउने व्यक्तिलाई प्रहरीले हैदराबादबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा